जीपीके फाउण्डेशन अमेरिका च्याप्टरले बिभिन्न संघ-संस्थाहरुसॅंग सहकार्य गर्ने

प्रकाशित मिति:

काठमाडौं । गिरिजा प्रसाद कोइराला जीपीके फाउण्डेशन अमेरिका च्याप्टरले लिगल गुड, आ।सि।सि।डी लगायत बिभिन्न संघ-संस्थाहरु सॅंग सहकार्य गर्दै ुस्वाब एण्ड सेभ लाईभ्सु को अभियान बृहत तरिकाले अगाडि बडाउने र कोभिड-१९ को खोप पनि अब छिट्टै सबै माझ पुर्‍याउनका लागी पहल गर्ने सम्बन्धमा फेब्रुअरी ८, २०२१ का दिन गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरीका च्याप्टरको न्युयोर्क स्थित कार्यलयमा छलफल कार्यक्रमको आयोजना गरेको छ ।

गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिका च्याप्टरका अध्यक्ष सोमनाथ घिमिरेले सबै उपस्थीत महानुभावहरुलाई स्वागत गर्दै स्वाब एण्ड सेभ लाईभ्सु को अभियान बारे प्रष्टयाएका थिए।छलफल कार्यक्रममा डाक्टर ऐलिसिया ऐल्मान्ड्ल र कम्युनिटी आउटरिच डाइरेक्टर सिसिलीलाई सॅंग सर(सल्लाह, सुझावहरु आदान-प्रदान भएको थियो। आज बसेको छलफलमा शेर्पा किदुग अमेरिकाका अध्यक्ष उर्गेन शेर्पा, घ्याल्सुम्दो सेवा समाज अमेरिकाकी अध्यक्ष निमा ल्हमो, प्रवासी नेपाली एकता मन्च अमेरिकाका अध्यक्ष टेक गुरुङ, एन।आर।एन। अमेरिका(न्युयोर्कका कोषाध्यक्ष शोभाकान्त पाण्डे, ने।का। युवा नेता श्याम कार्की, राजु रौनियार, एन।आर।एन। अमेरिका(न्युयोर्कका अभियान्ता क्रमश, राम कृष्ण महर्जन, कृष्ण गुरुङ, बिजय गुरुङ लगायतको उपस्थिती रहेको थियो।

स्वाब एण्ड सेभ लाईभ्सु को अभियान बृहत तरिकाले अगाडि बडाउन समर्थन गर्दै शेर्पा किदूगका अध्यक्ष उर्गेन शेर्पाले आफ्नै किदूगकै हल कोभिड-१९ परिक्षणका लागी शनिवार, फेब्रुअरी १३ का दिन निःशुल्क उपलब्ध गराई यस मानविक सेवामा ठुलो योगदान गरे भने यसै अभियानलाई सहमति जनाउॅंदै सहकार्य गर्न घ्याल्सुम्दो सेवा समाज अमेरिका तयार रहेको यसै संस्थाकी अध्यक्ष निमा ल्हमोले बताए। साथै यस सामाजिक कार्यमा प्रवासी नेपाली एकता मन्च अमेरिकाले पनि साथ(सहयोग गर्न तयार रहेको छ, अध्यक्ष टेक गुरुङले भने। डाक्टर ऐलिसिया ऐल्मान्ड्लले कोभिड-१९ को खोप पनि अब छिट्टै सबै माझ पुर्‍याउनका लागी उनले ४०० खोपको स्वीकृतीका लागी अनुरोध गरेको जानकारी दिएका थिए । उनले खोप सरल र सि।डि।सि। गाईडलाईन मार्फत आफ्नै क्लीनिकबाट दिने भनि घोषणा समेत गरे। विदाई गर्दै अध्यक्ष घिमीरेले उनको विशेषज्ञता, वौद्दिकता र उच्च विचारले थप उर्जा प्राप्त भएको र उनको चिकित्सक टोलीसँग सहकार्य गरी सबै समुदायलाई ुस्वास्थ्य नै धन होु र स्वास्थ्य रहन के गर्नुपर्छ रु भन्नेमा शिक्षा लिँदै अगाडी बढन आफुहरू उत्साहित रहेको बताएका थिए।