त्रिविमा फागुनदेखि भौतिक उपस्थितिमा पढाइ सन्चालन हुने

प्रकाशित मिति:

काठमाडौं । त्रिभुवन विश्वविद्यालय त्रिविले आगामी फागुन अन्तिम सातादेखि स्नातक र वैशाखदेखि स्नातकोत्तर तहको पढाइ भौतिक रुपमा सञ्चालन गर्ने भएको छ ।

कोभिड–१९ को कारणले भौतिक रुपमा उपस्थिति नभइ रोकिएको पढाइ फागुन अन्तिम सातादेखि शुरु गर्ने भएको त्रिविका रजिष्ट्रार प्रा डा पेशल दाहालले जानकारी दिएका छन् । उनले कोभिड–१९ सामान्य भइसकेकाले भौतिक रुपमा विद्यार्थी उपस्थित गरेर कक्षा सञ्चालन गर्न थालिएको बताएका छन् ।