कोशी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा चरा गणना

प्रकाशित मिति:

काठमाडौं–कोशी नदी र कोशीटप्पु वन्यजन्तु आरक्ष आसपासका सिमसार र ताल तलैया क्षेत्रमा शनिवार देखि चरा गणना सुरु भएको छ । गणना बुधबारसम्म रहनेछ ।

कोशी वर्ड सोसाइटीको आयोजनामा सुरु भएको सिमसार क्षेत्रमा रहेका रैथाने तथा आगन्तुक चरा गणना सुरु भएको सोसाइटीका अध्यक्ष सञ्जिव आचार्यले जानकारी दिए । आचार्यले गणनाबाट जलपन्छीको तथ्यांक पत्ता लगाउने, बास स्थानको अवस्था पत्ता लगाउने र वाधा व्यवधानहरु समेत पत्ता लगाउने उद्धेश्य रहेको जयदेशलाई बताए । गणना टोलीले कोशीको सहायक नदीहरुमा बोटिङ गरेर गणना गरिने आचार्यले जानकारी दिए ।

चरा गणनामा कोशी टप्पु वन्यजन्तु आरक्ष,कोशी वर्ड वाचिङ क्याम्प, शत्रुभन्जाङ गुल्म,केटिके वेल्ड, बराहक्षेत्र नगरपालिका र हिमालय नेचरको सहकार्य रहेको छ । यो गणना मोरङ, सुनसरी, सप्तरी र उदयपुरका सिमसार र तलैया क्षेत्रमा चरा गणना भइरहेको छ ।राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, नेपाल पन्छी संरक्षण सङ्घ, हिमाली प्रकृति र स्थानियस्तरमा चरा तथा जैविक विविधता संरक्षणको क्षेत्रमा काम गर्ने संस्थाको हातेमालोमा गरिने यस गणनाको विश्वव्यापी रूपमा समन्वय वेटल्याण्ड इन्टरनेशनल संस्थाले गरेको छ ।