जेष्ठ नागरिकको उचित स्याहार सुसार गर्ने छोरा बुहारी सम्मानीत

प्रकाशित मिति:

तिर्थराज ज्ञवाली-माघ २८, मसुरीया-देउखुरी दाङ,राप्ती गाउँपालिकामा परिवारका जेष्ठ नागरिक सदस्यको उचित स्हार सुसार गरेका परिवारलाई सम्मान गरिएको छ ।राप्ती गाउँपालिकाका ९ वटै वडाका ६७ जनालाई परिवारका जेष्ठ सदस्यको सम्मानपुर्ण ब्यवहारका साथ संरक्षण सहित पालन पोषण गर्दै आएकोमा सम्मान गरिएको हो ।

राप्ती गाउँपालिकाको कार्यालयको आर्थिक बर्ष २०७७÷२०७८को स्वीकृत बार्षिक कार्यक्रम अनुसार राप्ती गाउँपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा लालन पालनमा खटिने छोरा बुहारीहरुलाई प्रमाणपत्र सहित सल ओढाएर सम्मान गरिएको छ ।वडा गत रुपमा टोल सुधार समिति, जनप्रतिनिधि तथा छर छिमेकीको सिफारीस अनुसार छनौटमा पर्नुभएका छोरा बुहारीहरुलाई सम्मान गरिएको हो । जेष्ठ नागरिक आमा बुबा, सासु, ससुरा वा अन्य जेष्ठ नागरिकको सम्मानमा घरका सदस्यहरु को भुमिका कम नहोस भनेर छोरा बुहारीहरुलाई सम्मान गरिएको सम्मान वितरण कार्यक्रममा राप्ती गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत शोभाराम रिजालले जानकारी दिनु भएको छ ।विगतका वर्षदेखी राप्ती गाउँपालिकामा सुरु गरिएको जेष्ठ नागरिक सम्मान, न्यानो कपडा वितरण तथा परिवारका जेष्ठ नागरिक सदस्यको उचित स्हार सुसार गरेका परिवारलाई सम्मान गर्ने कार्यक्रमलाई निरन्तरता दिईदै आईएको छ ।

सम्मानित हुनेहरुमा वडा नं १ वाट केसर बहादुर कुमाल, लाली कुमाल, शान्ती जि।सी, हिरामणी शर्मा, अन्जु शर्मा, निराजन शर्मा, गीता ज्ञवाली र वडा नं २ वाट लाल बहादुर रोका, माया बुढा, गोबिन्द चौधरी, जागेश्वरी चौधरी, खिमु भट्टराई, अनिता जि। सी रहेको राप्ती गाउँपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख जीबनकुमारी जि।सीले जानकारी दिनु भएको छ ।
साथै वडा नं ३ वाट मेघराज पौडेल, सुमित्रा पौडेल, रोमलाल शर्मा, नुमा देबी शर्मा, राज गिरी चौधरी, बगेश्वरी चौधरी, थम्मन बैमा मगर, छबि बैमा मगर, वडा नं ४ बाट रोइनु चौधरी, समिता चौधरी, तिर्सना चौधरी, खगेन्द्र मल्ल, रेनु शाही, कमला स्याङवा, वडा नं ५ बाट गणेश कुमार चौधरी, सरस्वती चौधरी, तिलक पोख्रेल, टुकी कुमारी पोख्रेल, दिनेस चौधरी, चन्द्रा चौधरी, जिबराज भट्टराई, सरस्वती भट्टराई, वडा नं ६ वाट प्रदिप चौधरी, कमला भण्डारी चौधरी, राम प्रसाद चौधरी, रामपति चौधरी, कालीराम चौधरी, लखनी चौधरी, छबिलाल चौधरी, जान्की चौधरी, वडा नं ७ बाट कमल बहादुर चौधरी, हिरामती चौधरी, भोजराज चौधरी, हिरामती चौधरी, कृष्ण परियार, खिमेश परियार, उदय चौधरी, राम कृष्णी चौधरी वडा ८ बाट भगत लाल चौधरी, फुलमाया चौधरी, भगत नारायण चौधरी, सिलापती चौधरी, टोप बहादुर गुरुङ्ग, चनु गुरुङ्ग, तेज बहादुर थापा मगर र शारदा थापा मगरले सम्मान पाउनु भएको छ ।

वडा नं ९ बाट रुद्र फुङजा, पुष्पा फुङजा, धनबिर सुनारी, चुमा सुनारी, बिष्नु बराल, तुलसी बराल, मोहन घर्ति र चुमी घर्ति रहेको राप्ती गाउँपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख जीबनकुमारी जि।सीले जानकारी दिनु भएको छ । कार्यक्रममा गाउँपालिकाका सामाजिक तथा आर्थिक विकास शाखा प्रमुख महेश अधिकारी लगायत कर्मचारी बाट तालि बजाएर सम्पुर्ण सम्मान पाउनु भएकाहरुको हौसला बढाउनु भएको थियो ।