अवैध सालको करिव ३० क्वीफिट काठ पक्राउ

प्रकाशित मिति:

दाङ, माघ २६ । डिभिजन वन कार्यालय दाङ (दाङ) र अन्तर्गतकोे नारायणपुर सव डिभिजन वन कार्यालयको गस्ती टोलीले नारायणपुर सव डिभिजन वन कार्यालयको कार्य क्षेत्र अन्तर्गत घोराही उ.म.न.पा. १२ स्थित पिरीगाँउ भन्ने स्थानबाट साल जातको ६ थान गोलिया र ११ थान चिरान गरी जम्मा १७ थान टुनटुक्रा गोलिया तथा चिरान काठको जम्मा २९.२८ क्यू.फिट काठ बरामद गरेको छ ।

बरामद गरिएका काठ र कटान कार्यमा प्रयोग भएका हातहतियार डिभिजन वन कार्यालयको गस्ती टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्यका लागि डिभिजन वन कार्यालय परिसर घोराहीमा राखिएको छ । यस घटनामा संलग्न मानिसहरुले लगाएका लत्ता कपडा , काठ चिरानमा प्रयोग गरिएका हाते आरा थान ३, वनचरो थान ३, फलामको खन्ती थान १, मार्किङ्ग डोरी कालो रंगको २ थान, कुटो १ थान, गिरान आरा थान १ बरामद गरिएको छ । वन गस्ती आएको देखेपछि कटान कार्यमा संलग्नहरु भागी गएको स्थानियहरुले वताएका छन् । संलग्नहरुको खोजी कार्य भईरहेको डिभिजन वन कार्यालयका सुचना अधिकारी खिम बहादुर के.सी. ले जानकारी दिनु भयो ।