शान्ति नमुनाले सप्ताहव्यापी रुपमा वार्षिकोत्सव मनाउने

प्रकाशित मिति:

तिलोत्तमा , माघ २८ । रुपन्देहीको तिलोत्तमा वडा नं–५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयले सप्ताहव्यापी कार्यक्रम गरी ६२ औं वार्षिक उत्सव तथा अभिावकदिवस मनाउने भएको छ ।

विद्यालयमाबुधबार आयोजित पत्रकार भेटघाटमा जानकारी गराईए अनुसार विद्यालयले माघ २९ गते जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिता सञ्चालन गर्ने भएको छ । जसमा प्रथम हुने सहभागी लाई नगद रु.७हजार ५ सय, द्वितीय हुने लाई नगद रु.५ हजार, तृतीयहुनेलाई नगद रु.३हजार र प्रोत्साहन स्थानकालागिनगदरु. १हजार, प्रमाणपत्र र मेडल प्रदानगरिने विद्यालयका प्रधानाध्यापक कुल प्रसाद लामिछानेले जानकारी दिनुभयो । वि. सं २०७४ सालदेखि नगरस्तरीय प्रतियोगितागर्दै आईएकोमागतवर्षदेखि यसको दायरा बढाएर जिल्ला स्तरीय बनाईएको र यस वर्ष करीव ५० विद्यालय सहभागीहुने अपेक्षागरिएको हाजिरीजवाफ संयोजकमोहनपौड्यालले बताउनुभयो ।
यसैगरी विद्यार्थीहरुको सीप र क्षमतालाई बढाबा दिनकालागि सोहीदिनखानामहोत्सव र हस्तकला प्रदर्शनीकार्यक्रमआयोजनागरिएको छ।

यस्तै माघ ३० गते दृष्टिविहीन विद्यार्थीहरुको क्रिकेट तथाअन्य खेलकुदका फाईनल खेलहरु,फागुन २ गते सामाजिक उत्तरदायित्व वहन गर्दै रक्तदानकार्यक्रम, विद्यार्थीको पढाइ सीपलाई उजागर गर्न अभिभावकको सहभागितामा पढाइ महोत्सव तथा विद्यार्थीहरु द्वारा निर्मित विज्ञानका सामाग्रीको प्रर्दशनी आयोजना गरिेएको विद्यालयले जनाएको छ । यसैगरी फागुन ३ गते पुरस्कार वितरण,फागुन ४ गते वार्षिकोत्सव तथा अभिभावक दिवसको मूल समारोह सांस्कृतिक तथा रचनात्मक क्रियाकलापका साथ मनाउने कार्यक्रम छ । सोही अवसरमा दाता सम्मान, छात्रवृत्ति वितरण, शिक्षकतथाकर्मचारी सम्मान, ८ कोठे विद्यालयभवनको सिलान्यासतथाविद्यालयको मुखपत्रनानीको विमोचन लगायतका कार्यक्रम गरिने छ ।

विद्यालय व्यवस्थापन समितिकाअध्यक्ष शरद भट्टराईको अध्यक्षतामाभएको पत्रकार भेटघाट कार्यक्रममासह–प्रधानाध्यापककिशोर कुमार खनाल, सञ्चार विभागका संयोजकदिनेश खड्कालगायतले बोल्दै विद्यालयले सञ्चालनगर्ने क्रियाकलापका सम्बन्धमाजानकारी गराउनुभएको थियो । यसैबीच,माघ १९ गतेदेखि चरणबद्ध रुपमा खेलकुदकाकार्यक्रमहरु भैरहेकोमाबुधबार भएको खेलहरुकाविजेताहरुलाई विद्यालयका सल्लाहकार सदस्यकिशोरमणि आचार्य दीक्षित, व्यवस्थापन समिति सदस्य सुरेन्द्र के.सी., विद्यालयका सह–प्रधानाध्यापक स्थानेश्वर बस्याल लगायतले पुरस्कार वितरणगर्नुभएको थियो ।

विद्यालयले खेल, नृत्य, हाजिरीजवाफ , साहित्यिक, बालक्लव, जुनियर रेडक्रस सर्कल, अनुशासनक्लव, विज्ञान क्लव,भित्ते पत्रिका समिति, आई.एस.ए.,एस. क्यू.सी., स्माईलिङ् हेल्पिङ् क्लवआदि गठन गरेर त्यसमार्फत विद्यार्थीको अन्तर्निहितप्रतिभाकोविकास गर्ने गरेको छ ।हालविद्यालयमाविभिन्न क्षेत्रकागरी करीव ३६ सय जनाविद्यार्थीहरु अध्ययनरत छन् ।