एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेण्ट लिमिटेडको नयाँ संचालक सदस्यमा कुल आचार्य र हिक्मत थापा निर्वाचित

प्रकाशित मिति:

काठमाडौँ- एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेण्ट लिमिटेडको आठौं वार्षिक साधारणसभाले बेलायतलाई कर्मथलो बनाएका सफल व्यवसायी कुल आचार्य तथा अफ्रिकी मुलुक नाइजेरियालाई कर्म थलो बनाएका लगानीकर्ता तथा वरिष्ठ प्रवन्धक हिक्मत थापालाई संचालक समिति सदस्य पदमा सर्वसम्मतरूपमा चयन गरेको छ।

आचार्य गैर आवासीय नेपाली संघका केन्द्रिय सल्लाहकार हुन् भने थापा संघका पूर्व केन्द्रिय कोषाध्यक्ष हुन्। आइतबार होटेल आकामामा सम्पन्न बार्षिक साधारणसभाले आगामी चार वर्षका लागि संचालकको रुपमा शेयरधनीहरु मध्येबाट जीवनाथ ९जीवा० लामिछाने, शेष घले, महेश श्रेष्ठ र कृष्ण पाण्डेलाई पुनः निर्वाचित गरेको थियो। जीवा लामिछाने र शेष घले एनआरएनएका पूर्व अध्यक्ष हुन् भने महेश श्रेष्ठ संघका वर्तमान कोषाध्यक्ष हुन्। त्यस्तै कृष्ण पाण्डे हंगकंग स्थित व्यवसायी हुन्। साधारणसभाले सर्वसाधारण शेयरधनीहरु मध्येबाट अम्बिका पौड्याल, डा। भरत थापा तथा श्रीमती संगीता के। सी। लाई संचालकको रुपमा निर्वाचित गरेको छ।

जीएनएनसंग कुरा गर्दै नव निर्वाचित संचालक समिति सदस्य कुल आचार्यले नेपालमा एनआरएन लगानी सम्बन्धमा सन् २०१२ जनवरीमा लन्डनमा बसेको पहिलो बैठकको आफुले अध्यक्षता गर्ने अवसर पाएको स्मरण गरे। उनले भने,ू स्थापनाको छोटो अवधिमै यो कम्पनीले महत्वपूर्ण परियोजनाहरु अगाडी बढाएको छ। म संस्थापक तथा सर्वसाधारण लगानीकर्ताहरुको चाहना बमोजिम कम्पनीको पूँजी बढाउने र लगानीको दायरा बढाउने तर्फ प्रयास गर्ने छु।ू उनले राष्ट्र निर्माणमा प्रवासमा बसेका नेपालीहरुले कसरी योगदान पुराउन सक्छन् भन्ने दर्शाउने उद्देश्यले पनि कम्पनीलाई अगाडी बढाउने प्रतिबद्धता जनाए।

अर्का नवनिर्वाचित सदस्य हिक्मत थापाले नेपालमा रोजगारी सिर्जना गर्ने र नेपालको अर्थतन्त्रमा टेवा पुराउने गैरआवासीय नेपाली संघको उद्देश्य भएकाले आगामी दिनमा कृषिजन्य तथा उत्पादनमूलक उद्योगहरुमा लगानी बढाउन आफुले जोड दिने बताए। हामीले सफलतापूर्वक आयोजनाहरु सम्पन्न गर्दा त्यसले नेपालमा वैदेशिक लगानी बढाउन पनि मदत पुग्छ,” थापाले भने। ूअहिले विभिन्न अफ्रिकी मुलुकहरु नै विदेशी लगानी आकर्षित गर्न आपसमा होडबाजी गरिरहेका छन् र लगानीकर्ताहरुलाई कर छुट जस्ता सुविधा दिइरहेका छन्। नेपालले पनि झन्झटिला प्रक्रियाहरुलाई सहज बनाउंदै एकद्वार प्रणालीलाई अरु प्रभावकारी बनाउनु पर्छ। उक्त कम्पनीका बेलायतस्थित एकजना संस्थापक लगानीकर्ता पशुपति भण्डारीले ८०० भन्दा बढी गैरआवासीय नेपालीहरु संलग्न रहेको उक्त कम्पनी सामूहिक लगानीको एक सफल उदाहरणको रुपमा स्थापित हुँदै गरेको देख्दा आफुलाई खुसि लागेको बताए। “अब विश्वभरि छरिएका नेपालीहरुलाई यसै कम्पनी मार्फत नेपालका विभिन्न क्षेत्रमा लगानी गर्न म आह्वान गर्दछु,” भण्डारीले भने। उनले पर्यटन, कृषि, वित्त लगायत लगानीका नयाँ क्षेत्रहरु पहिचान गरी अगाडी बढ्न पनि नयाँ संचालक समितिलाई सुझाव दिए।

विदेशको कमाइ नेपालमा लगानी- विदेशमा ज्ञान र सीपको प्रयोग गरी आर्जन गरी नेपालको उन्नयनमा लगानी गर्न स्थापना गरिएको संस्था हो, एनआरएनआइडीएल अर्थात गैरआवासीय नेपाली पूर्वाधार तथा विकास लिमिटेड ।कम्पनी ऐन अनुसार विक्रम संवत् २०६३ सालमा ९सन २०१२ सेप्टेम्बर०मा स्थापना भई दर्ता भएको यो कम्पनीले विशेषगरी नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्दै आइरहेको छ । शुरुमा एनआएएन लगानी कम्पनी लिमिटेड रहेकोमा सन् २०१७ फेब्रुअरीमा लगानीको क्षेत्रसमेत विस्तार गरी यस कम्पनीको नामसमेत परिवर्तन गरिएको थियो ।गैरआवासीय नेपाली संघको पाँचौं विश्व सम्मेलनले पारित गरे अनुसार यस कम्पनीले नेपाल सरकारसँगै नेपालको निजी क्षेत्रको अग्रणी संस्था नेपाल उद्योग वाणिज्य महासंघसँग समेत साझेदारी गरी काम गर्दै आइरहेको छ ।

विदेशमा रहेका नेपालीहरुको सामूहिक लगानीका रुपमा यसले विभिन्न आयोजनाहरुको निर्माणमा हात हालेको छ । यसले लगानीकर्ताहरुका लागि उत्प्रेरकको काम समेत गर्दै आइरहेको छ ।नेपालमा जलविद्युत उत्पादन क्षेत्रमा सन् २०१३ देखिनै लगानी गर्दै आइरहेको यस कम्पनीले अहिलेसम्म चार वटा जलविद्युत परियोजनामा लगानी गरिसकेको छ । हिमालयन पावर पार्टनर लिमिटेडसँगको सहकार्यमा शुरुमा लगानी गरिएको लमजुङस्थित २७ मेगावाट क्षमताको दोर्दी खोला जलविद्युत आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । त्यस्तै सानिमा मध्य तमोर जलविद्युत लिमिटेडसँगको साझेदारीमा ताप्लेजुङस्थित ७३ मेगावाट क्षमताको मध्य तमोर जलविद्युत आयोजना, श्वेतगंगा जलविद्युत लिमिटेडसँगको साझेदारीमा रामेछापस्थित २८।१ मेगावाट क्षमताको लिखु जलविद्युत आयोजना र माथिल्लो मैलुनखोला जलविद्युत आयोजनासँगको साझेदारीमा १४।३ मेगावाट क्षमताको रसुवास्थित माथिल्लो मैलुङखोला जलविद्युत आयोजना यस कम्पनीले हालसम्म गरेका लगानीका आयोजना हुन् ।@globalnepalese