कारबाहीमा परेका ७ कम्पनीको शेयर कारोबार फुकुवा

प्रकाशित मिति:

नेपाल स्टक एक्सचेञ्जले वार्षिक प्रतिवेदन नबुझाएका भन्दै कारोबार रोक्का गरेको सात कम्पनीको शेयर कारोबार फुकुवा गरेको छ। नेप्सेले माग गरे अनुसारका विवरण उपलब्ध गराएपछि कारोबार फुकुवा गरिएको नेप्सेले जनाएको छ ।

नेप्सेले कर्णाली डेभलपमेन्ट बैंक, युनिभर्सल पावर कम्पनी, गुराँस लाइफ इन्स्योरेन्स, युनियन हाइड्रो पावर,पाँचथर पावर कम्पनी, नेशनल माइक्रोफाइनान्स र राधि विद्युत कम्पनीको शेयर कारोबार फुकुवा गरेको हो ।

यी सात कम्पनीसँगै ११ कम्पनीको शेयर कारोबार रोक्का भएकोमा नेप्सेले ७ कम्पनीको मात्रै शेयर कारोबार फुकुवा गरेको छ। बाँकी पाँच कम्पनीको भने शेयर कारोबार फुकुवा भएको छैन।