रु रु जलविद्युतले फागुन ७ गतेदेखि आयोजना प्रभावितलाई आइपीओ बिक्री गर्ने

प्रकाशित मिति:

काठमााडौं : रु रु जलविद्युत परियोजनाले फागुन ७ गतेदेखि आयोजना प्रभावित स्थानीयलाई आइपीओ जारी गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित गुल्मी जिल्लाका स्थानीयलाई ४ लाख ७ हजार ७०५ कित्ता आइपीओ बिक्री गर्न लागेको हो । यसमा फागुन २१ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयमा सबै सेयर बिक्री नभएमा चैत ८ गतेसम्म भर्न सक्नेछ । स्थानीयले प्रतिकित्ता १०० रुपैयाँमा आइपीओ भर्न सक्नेछन् ।

न्यूनतम १० कित्तादेखि अधिकतम ४ लाख कित्तासम्म आवेदन दिन सकिनेछ । स्थानीयले गुल्मी जिल्लामा रहेका शाइन रेसुंगा र गरिमा विकास बैंक तथा ग्लोबल आइएमई बैंकको शाखाबाट आइपीओ भर्न पाउने व्यवस्था गरिएको छ । रु रुले स्थानीयका लागि जारी पुँजीको १०५ सेयर निष्कासन गरेको हो । यसमा बिक्री प्रबन्धक एनएमबि क्यापिटलले रहेको छ । इक्रा नेपालले रु रु जलविद्युत परियोजनालाई ग्रेड ३ रेटिङ दिएको छ ।

कम्पनीले पाएको ग्रेड ३ रेटिङले औषतमा राम्रो भएको देखाउँछ । रु रुले स्थानीयलाई आइपीओ बिक्री गरिसकेपछि जारी पुँजीको १०५ नै सेयर सर्वसाधारणलाई प्रिमियम भाउमा खुला गर्ने योजना बनाएको छ । सर्वसाधारणले भने प्रतिकित्ता १२० रुपैयाँमा आवेदन दिनुपर्नेछ । कम्पनीले गुल्मीको माथिल्लो हुग्दी खोलामा ५ मेगावाट क्षमताको विद्युत उत्पादन गरिरहेको छ । माथिल्लो हुग्दीले २०७१ चैतदेखि विद्युत उत्पादन गर्दै आएको छ ।