सिटिजन्स बैंकले सिर्जना फाइनान्सलाई गाभ्ने

प्रकाशित मिति:

काठमाडौं : सिटिजन्स बैंकले सिर्जना फाइनान्सलाई गाभ्ने भएको छ । बुधबार आयोजित एक कार्यक्रममा सिटिजन्सका सञ्चालक एवं मर्जर तथा प्राप्ति समितिका संयोजक प्रवलजंग पाण्डे र सिर्जना फाइनान्सका सञ्चालक तथा प्राप्ति समितिका संयोजक सुवास आचार्यले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धी विनियमावली २०७३ बमोजिम प्राप्ति गर्ने गरी सम्झौता गरेको बैंकले जनाएको छ । यद्यपी के– कति स्वाप रेसियोमा सहमित भएको भने खुलाइएको छैन । सिटिजन्सले तिनाउ मिसन डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्ने अन्तिम प्रक्रियामा रहेको छ ।