पश्चिम नवलपरासी स्थित बर्दघाट नगरपालिकाको सातौँ नगर सभा बिहिबार सम्पन्न

प्रकाशित मिति:

रामु भुषाल,बर्दघाट नगरपालिकाको चाहना शान्त समृद्ध, समुन्नत र सुन्दर समाजको स्थापना भन्ने मुल नारा सहित पश्चम नवलपरासीको बर्दघाट नगरपालिकाको सातौँ नगर सभा विहिबार सम्पन्न भएको छ । बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा बस्यालको सभाध्यक्षतामा नगर सभा सम्पन्न भएको हो । सभामा विगत साढे तिन बर्षको अवधिमा नगरमा सम्पादन भएका कार्यको सक्षिंप्त ब्यहोरा तथा चालु आििर्थक बर्षको बार्षिक कार्यक्रमको हाल सम्मको समान्य समिक्षा र चालु आर्थिक बर्ष २०७७, ७८ को लागी छैठो नगर सभाबाट पारित निति तथा कार्यक्रम र बजेटमा उल्लेखित क्रियाकलापहरुमा समान्य परिमार्जनका साथै केही महत्पुर्ण कानुन तर्जुमाका लागी बसेको सातौ नगर सभामा बोल्दै सभाध्यक्ष बस्यालले गत आर्थिक बर्ष २०७६, ७७ मा कुल बजेट रु ८६ करोड ८७ लाख १४ हजार २ सय ५५ रुपिया भएकोमा सो आर्थिक बर्षमा ६२ करोड ८६ लाख ४३ हजार १ सय २ रुपैया निकासी भई सोही बराबर ७२ दशमलव ५ प्रतिशत खर्च भएको जानकारी गराउनुभयो । कार्यक्रममा चालु आर्थिक बर्ष २०७७, ७८ मा ९६ करोड ८६ लाख १ हजार ५ सय ७० रुपिया बजेट भएकोमा यही माघ २६ गते सम्ममा २८ करोड ९३ लाख २९ हजार ५ सय ५१ रुपिया निकासा भई कुल २९ दशमलव ८७ प्रतिशत खर्च भएको जानकारी गराउदै नगरले चालु आर्थिक बर्षमा ३ करोड १५ हजार आन्तरिक आमदानी अनुमान गरिएकोमा ०७७ पौष मसान्त सम्म रु १ करोड ३ लाख ८९ हजार २ सय ९३ रुपिया अर्थात ३४ दशमलव ९१ प्रतिशत समग्र आमदानी भएको प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । सो अवसरमा बोल्दै नगर प्रमुख बस्यालले कोभिड १९ विरुद्धको खोपको पहुँच सबै नगरबासी सम्म पुर्याई यस बाट हुने थप मानविय क्षतिको न्यु्निकरण गर्न नगरको दायित्व रहेको र चालु आर्थिक बर्ष र आगामी आर्थिक बर्षका बार्षिक विकास योजनाको प्रभावकारी कार्यान्वयन गर्न सेवा प्रभाव र कार्य सम्पादन अझ बढी पारदर्शि, जवाफदेही, चु्स्तदुरुस्त तथा प्रभावकारी बनाउने नगरको लक्ष्य रहेको हुदा जननिर्वाचित पहिलो स्थानिय सरकार भएकोले यस पाँच बर्षे कार्यकालमा नगरका १६ वटै वडा कार्यालय, स्थानिय स्वास्थ्य सस्था तथा चिसापानी असपताल समेत आफ्नै निजि भवनबाट सेवा प्रभाव तथा कार्य सम्पादन गर्ने गरि आवश्यक पुर्वाधार सरंचना निर्माण्ढा गर्नका लागी संघ र प्रदेश सरकार संगको समन्वय र सहकार्यमा नगरका गौरबका आयोजनाहरुको निर्माण कार्य अघि बढिरहेको समेत बताउनुभयो । कार्यक्रममा भुमिहिन र सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने राज्यको सबैधानिक दायित्व अनुरुप भुमि सम्बन्धी समस्या आयोग मार्फत पूकाशित सुचना अनुसार यही फाल्गुन १९ सम्म नगर भित्रका भुमिहिन, सुकुम्बासी र दलित भुमिहिन अब्यवस्थित बसोबासीहरुको लगत संकलन गर्ने कार्यको सुरुवात भइसकेको सन्दर्भमा सबै नागरिकलाई भु स्वामित्वको अधिकार स्थापित गराउने उदेश्यले आएको एैतिहासिक अवसरको समुचित सदुपयोग गरि प्रथम चरणमा सरोकारवाला सबै लक्षित वर्गको लगत संकलन कार्यमा आवश्यक सहजिकरण गर्न एवं राष्ट्रिय अभियानमा उत्साहका साथ सरिक हुन समेत सम्पुर्ण नगरबासीमा आग्रह गर्नुभएको थियो ।

सोही सभाबाट नगरले सार्वजनिक, निजि, साझेदारी सम्बन्धमा ब्यवस्थापन गर्न बनेको विध्ययेक तथा बर्दघाट नगर शिक्षा एैन समेत सर्व सहमतिले अनुमोदन गरिएको थियो । नगर सभा सम्पन्न पश्चात यसै सन्दर्भमा सामु्दायिक रेडियो दाउन्नेसंगको कुराकानीमा बोल्दै बर्दघाट नगरपालिकाका नगर प्रवक्ता एवं वडा नम्बर ४ का वडाध्यक्ष रविन्द्र विक्रम हमालले नगर सभाले पारित गरेका एैन र विध्ययक र निर्णयहरुबारे जानकारी गराउदै नगरले २०७७ जेष्ठ ३० भित्र नगरलाई बालमैत्री नगरको रुपमा धोषणा गर्ने निर्णय गरेतापनि कोभिड १९ का कारण आवश्यक तयारी पुरा गर्न नसकिएकाले २०७८ जेष्ठ ३० भित्र आवश्यक तयारी पुरा गरि बाल मैत्री नगर घोषणा गर्ने जानकारी गराउनुभयो । सो सातौ नगर सभाको सामुदायिक रेडियो दाउन्ने १०३.४ मेगाहर्ज बर्दघाटले प्रत्यक्ष प्रसारण समेत गरेको थियो ।