गैडहावमा हाजिरिजवाफ प्रतियोगिता सम्पन्न

१ मंसिर २०७५, शनिबार ०   बिचार / प्रतिक्रिया


सैनामैना ,३० कात्तिक \रुपन्देहीको गैडहवा गाउँपालिकामा आज हाजिरिजवाफ प्रतियोगिता सम्पन्न भएको छ । निजि तथा आवसीय विद्यालय अर्गनाईजेशन नेपाल गैडहवाको आयोजनामा तहगत हाजिरिजवाफ प्रतियोगिता सम्पन्न भएको हो । मावि तहको हाजिरिजवाफ प्रतियोगितामा सूर्यपुरा ईग्लिस स्कुल प्रथम  ब्राईट फ्युचर ईग्लिस स्कुल द्धितिय शिद्धार्थ प्रतिभा ईग्लिस स्कुल तृतिय हुन सफल भएका छन । निमावी तहको हाजिरिजवाफ प्रतियोगितामा ब्राईट फ्युचर ईग्लिस स्कुल र नुमना शिक्षा ईग्लिस स्कुल प्रथम  शिद्ध प्रतिभा ईग्लिस स्कुल द्धितिय र सूर्यपुरा ईग्लिस स्कुल तृतिय हुन सफल भएका छन । यस्तै प्रावि तहमा ब्राईट फ्युचर ईग्लिस स्कुल प्रथम, नुमना शिक्षा ईग्लिस स्कुल द्धितिय र गालोलिङ्ग पियरल ईग्लिस स्कुल तृतिय हुन सफल भएका छन । निजि तथा आवसीय विद्यालय अर्गनाईजेशन नेपाल गैडहवाका अध्यक्ष अशोक कुमार मौरियाको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा संस्थाका सल्लाहाकार ईश्वरी अधिकारीको स्वागत मन्तब्यमासम्पन्न भएको हो ।

कार्यक्रममा विजेता टिमलाई प्रमाणपत्र, मेडल, ट्रफी पुरस्कार प्रदान गरिएको थियो । प्रतियोगितामा १२ टिमको सहभागिता रहेको थियो । प्रतियोगिताले विद्यार्थीहरुको क्षमता बृद्धिमा महत्वपूर्ण योगदान पुराएको अध्यक्ष मौरियाले बताउँनु भएको छ । प्याब्सनले प्रत्यक वर्ष विभिन्न प्रतियोगिता आयोजना गर्दै विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गराउँने गरेको बताउँनु भएको छ । कार्यक्रम पत्रकार कृष्ण भण्डारीको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया