गायत्री र खुमनको अाबाजमा पञ्चेबाजा गीत ‘बोली मिठो’ बजारमा

प्रकाशित मिति:

बुटवल, मंसिर २ । लगनको महिना संगै खुमन र गायत्रीको आबाजमा पञ्चेबाजा गीत बोली मिठो

हे बोली मिठो रुपैकी खानी
तिम्रै बयान सुनिन्छ जहानी
खोलीमा पानीको छल्को
जहाँ गएनी मायाकै छ झल्को”

यि शब्द हुन भर्खरै मात्र बजारमा आएको खुमन अधिकारी र गायत्री थापाको आबाजमा रहेको पञ्चेबाजाको गीत बोली मिठोको ।

लगनको महिना मंसिर लागे संगै यो वर्षकै पहिलो पञ्चेबाजाको गीतका रुपमा वि.वि. थापाको बोली मिठो बजारमा आएको छ । पछिल्लो समयमा नेपाली सांगीतिक क्षेत्रमा बेग्लै पहिचान बनाएको शिब दर्शन फिल्मस् प्रालीको प्रस्तुतीमा शिब दर्शन फिल्मस्कै आधिकारीक युट्युव मार्फत गीत बजारमा आएको छ ।

गीत वि.वि. थापाको शब्द, महेन्द्र भण्डारीको लय अनि खुमन अधिकारी र गायत्री थापाको आबाजमा सजिएको छ ।

गीतको भिडियो हेर्दा कुनै गीतको भिडियो भन्दा पनि वास्तविक विवाहकै भिडियो हेरे जस्तो भान हुन्छ । गीतमा सबैले निकै मेहनत गरेकोले भिडियो निकै आकर्षक भएको चर्चित गायिक गायत्री थापाको भनाई छ ।

भिडियोमा चर्चित मोडलहरु दुर्गेस थापा र सम्पदा बानियाको अभिनय रहेको छ । नृत्यमा कोरस कलाकारहरुको निकै प्रयोग गराइएकोले गर्दा पनि गीत आकर्षक बनेको छ । शिब दर्शन फिल्मस् प्रालीले बजार ब्यवस्थापन गरेको गीतको भिडियोमा निर्देशन मुनाल शिशिर, सम्पादन अमृत चापागाई र दुर्गा पौडेलको रहेको छ ।

गीतको भिडियो हेर्नुहोस –

https://www.youtube.com/watch?v=tdPlfeNghY0&feature=youtu.be