मधुवन बहुृउद्देश्यीय सहकारी को २१ औं वार्षिक साधरण सभा सम्पन्न

प्रकाशित मिति:

तिलोत्तमा ६ मणिग्राममा रहेको आनन्दवन मधुवन बहुृउद्देश्यीय सहकारी संस्था लिमिडेटको २१ औं वार्षिक साधरण सभा आज सम्पन्न भएको छ । कार्यक्रममा बोल्ने बक्ताहरुले सहकारीलाई उत्पादनशिल क्षेत्रमा लगानी गर्नु पर्ने बताएका छन । सहकारीबाट लिएको ऋणको सहि रुपमा सदुपयोग गर्न सके स्वदेशमा नै स्वरोजगारी बन्न सकिने बताईएको छ । कृषि, पशुपालन, मिल संचालन , ब्यापार, शैक्षिक क्षेत्रमा लगानी गर्दै आएको आनन्दवन मधुवन बहुृउद्देश्यीय सहकारीका अध्यक्ष एकदेव भट्टराईले जानकारी दिनु भएको छ ।

२०५४ सालमा मणिग्राममा स्थापना भएको सहकारीमा अहिले ६ सय ६३ शेयर सदस्य आबद्ध रहेको उँहाले जानकारी दिनु भएको छ । संस्थाका अध्यक्ष एकदेव भट्टराईको अध्यक्षता , तिलोत्तामा वडा नं ६ का वडा अध्यक्ष शुखदेव न्यौपानेको प्रमुख आतिथ्यतामा आयोजना गरिएको कार्यक्रममा सहकारीका सल्लाहाकार ध्रुव कुमार धिताल, नारायण प्रसाद गौतम, संस्थापक अध्यक्ष डोलराज बस्याल, कुल प्रसाद लामिक्षाने, सरीता पौडेल, भगवती पौडेल लगायतले कार्यक्रममा बोलेका थिए । शिक्षा उप समितिका संयोजक जगत प्रसाद पौडेल , ऋण उप समिति संयोजक क्षमाकुमारी न्यौपाने र लेखा समिति संयोजक चन्द्रमणी न्यौपानेको कार्यक्रममा उपस्थिती रहेको थियो ।यसैबीच मधुवनका कार्यसमिती सदस्य वाशु वस्यालले हरेक वर्ष बैठक भत्ता वापतको रकम विभिन्न स्थानमा सहयोग गर्ने परम्परालाई जारी राख्दै यो वर्ष तिलोत्तमा ९ मा रहेको उमा आधारभूत विद्यालयलाई रु १० हजार सहयोग गरेका छन् । सहकारीका उपाध्यक्ष क्षमाकुमारी न्यौपानेको स्वागत तथा सचिब दिनानाथ ढकालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।