चापाकोटमा कम्युनिस्टका कार्यकर्ता खोज्न दुरबिनले हेर्नु पर्छ : मेयर गिरी

प्रकाशित मिति:

चापाकोट – इतिहासको कुनै कालखण्डमा स्याङ्जाको चापाकोट नगर कम्युनिस्टको लाल किल्ला मानिन्थ्यो। अनेकन राजनैतिक परिवर्तन सँगै आएको राजनैतिक उतारचढावले चापाकोटको राजनैतिक धरातलीय स्वरुप परिबर्तन भएको छ।स्थानीय चुनावमा अप्रत्याशित तबरबाट मेयरको बाजी मारेको काङ्ग्रेसले चापाकोटमा प्रदेशको चुनावमा समेत निर्णायक भुमिकामा उभिदै प्रदेश सांसदमा काङ्ग्रेसले बाजी मार्यो।

स्थानीय चुनाब जितेर चापाकोट नगरका मेयर बनेका स्याङ्जा काङ्ग्रेसका पुराना नेता शिव कुमार गिरी साउथ मुभिका स्टारको शैलीमा एक्सन लिन थाले थालेपछी अहिले चापाकोट काङ्ग्रेसमय बनेको स्थानीयको भनाइ छ। प्राय कम बोल्ने एक्सन अधिक लिने नगर प्रमुख गिरीको आदतले काङ्ग्रेसको संगठन निर्माणमा जोड दिएको पाइएको छ। दुई ध्रुवमा बिभाजित नेकपा नेता कार्यकर्ता खोसा खोस र तानातान चलिरहेको बेला चापाकोटको माहोल भने भिन्न आज कति नेकपाका स्थानीय नेता कार्यकर्ता काङ्ग्रेसमा प्रवेश गराउने भोलि कति गराउने मेयर गिरीलाई दौढ धुप छ।यसैबीच आज चापाकोट ७ साँखर स्थित दलित उत्थान कार्यक्रममा सहभागी भएका मेयर गिरिले दलित समुदायलाई सो९आत्मनिर्भन बनाउने भन्दै नगरपालिकाको कृषि अनुदान कार्यक्रम अन्तरगत ४५ ओटा बङ्गुर बितरण गरे।

सोही अबसरमा दलित समुदायबाट करिब १५ जना दलित समुदायका नागरिकलाई काङ्ग्रेस पार्टीमा प्रवेश गराइएको थियोे।
उक्त कार्यक्रममा मन्तव्य राख्दै नगरप्रमुख गिरिले काङ्ग्रेसको विकल्प कुनै पार्टी नभएको जिकिर गरेका थिए।
आफु कम बोल्ने तर कामको एक्सन छिटो लिने खालको मेयर भएको कारण देशकै नमुना र लोकप्रिय मेयर बन्न सफल भएको भनाइ मेयर गिरिको थियो। मैले कसैलाई जबर्जस्ति काङ्ग्रेस बन्नुस भनेको छैन। दिनहुुँ सयौं जना आम सर्बसाधारण काङ्ग्रेस बन्नुको मुख्य कारण स्थानीय सरकारको जनउत्तरदायी कार्यशैली नै हो भन्ने कुरामा थप्दै गिरि भन्छन।।,अब त चापाकोटमा नेकपाका नेता होलान कार्यकर्ता छैनन।नेकपा कार्यकर्ता र नेकपा आस्थावान सर्बसाधारण जनता खोज्न दुरबिनले हेर्नु पर्छ।