धर्मशास्त्र अनुसार जीवनमा जुन कुरा गोप्य राख्नुपर्छ

प्रकाशित मिति:

आफ्ना हितैषीलाई एवं एकदमै मिल्ने साथीलाई पनि जीवनका सबै गोपनियता खुलाउनु हुँदैन । किनभने भोलिका दिनमा ति हितैषीसँग हाम्रो सम्बन्ध बिग्रन सक्छ । तब हाम्रो गोपनियता उनलाई थाहा हुन्छ । हाम्रो घरायसी अवस्था, स्वास्थ्यस्थिती, कमजोरी, पृष्टभूमी सबै थाहा हुन्छ, जुन आफैमा खतरनाक हुनसक्छ । हामी आफ्ना साथीभाईलाई घर परिवारका सबै कुरा भन्छौं । आफ्ना साइनो, सम्बन्धका सबै कुरा खुलाउँछौ । त्यती मात्र होइन, परिवारका सदस्यहरुको अवस्था, हैसियत काम, आपसी मनमुटाव, अविश्वास सबैकुरा सुनाउँछौ । यसले भोलिका दिनमा हामीलाई संकटमा पार्न सक्छ , घरको समस्या, घरको अवस्थाबारे सबैकुरा खोल्नु हुादैन । श्रीमान र श्रीमतीको संसार व्यवहार गोपनिय राख्नुपर्छ । कतिपय व्यक्तिहरु आफ्ना श्रीमतीको पोल खोल्छन् । अर्काबाट साहनुभूति हासिल गर्नका लागि यस किसिमको गल्ती नगरौ । यसले तपाईंको कमजोरी प्रदर्शित हुन्छ ।

कतिपय व्यक्ति यस्ता हुन्छन्, जो कोही व्यक्ति आफ्नो घरमा आउनसाथ उनलाई घरको कुनाकाप्चा देखाउँछन् । घरको सबै कुरा बुझाउँछन् । तपाईंको विश्वासपात्र जो छन्, उनीबाट तपाईंलाई केही खतरा नहोला । तर, यसरी घरको कुनाकाप्चा देखाइरहँदा भोलिका दिनमा कतिपय साथीबाट भने अप्ठ्यारोमा पर्न सकिन्छ । उनीहरुलाई विश्वास गरेर तपाईं घरको सबै कुरा देखाउनुहुन्छ, यसले भोलिका दिनमा समस्यामा पार्न सकछ । तपाईंसँग कति धन छ रु धन कसरी आर्जन गरिरहनुभएको छ रु धन कसरी संचय गर्नुभएको छ रु यी कुरा कसैलाई पनि बताउनु संभावित संकट निम्त्याउनु हो । धनको कुरा सकेसम्म गोप्य राखेकै राम्रो हो । यसको अर्थ यो होइन कि तपाईंको धन देखेर अरुले ऋण माग्छन् । यसको अरु नै कारण छन् । आफ्ना साथीभाई, आफन्तलाई आफुले राखेको धनबारे खुलाउन आवश्यक छैन । यद्यपी श्रीमतीलाई भने सम्पूर्ण विवरण दिनुपर्छ ।

जीवनमा कहिले काहीँ अपमान झेल्नुपर्छ । यदि कसैले अपमान गरेमा त्यसलाई सामना गर्नैपर्ने अवस्था आउँछ । संभव भएसम्म त प्रतिकार गरेको राम्रो ।यद्यपी यसरी आफु अपमानित भएको कुरा भने अरुलाई सुनाउनु हुँदैन । आफु कसरी अपमानित भइयो, कसले अपमान गरे भन्ने कुरालाई गोप्य राख्नु नै भलाई हुन्छ । अरुबाट सहानुभूति आर्जन गर्नका लागि आफुमाथि भएको अपमानबारे बताइरहँदा अरुको मनमा आफुप्रतिको धारणा थप कमजोर बन्छ । हामी सम्पूर्ण रुपमा पोख्त हुँदैनौ । सबैकुरा जान्ने हुँदैनौ । कतिपय कमजोरी हुन्छ । यद्यपी आफ्नो कमजोरी, अयोग्यताबारे प्रचार गर्दै हिँड्नु हुँदैन । यस्तो कुरालाई रहस्यमै राखेको वा गोप्य राखेको राम्रो हो ।

यदि हामीले आफ्नो कमजोरी बतायौं भने अरुले त्यही कमजोरीमा टेकेर हामीमाथि आफ्नो प्रभाव लाद्ने प्रयास गर्छ । त्यसैले यस्ता कुरामा गोपनियता अपनाएको वेश हुन्छ ।हाम्रो मनमा अनेक कुरा हुन्छन् । तर, मनमा आएजति कुरा अरुलाई बताउँदै हिँड्नु हुँदैन । यसरी मनको कुरा सबैको अगाडि खोल्दा हाम्रो मनोविज्ञान, हाम्रो बौद्धिकता, हाम्रो धारणा सबैकुरा अरुले थाहा पाउँछन् । अतः हामीलाई उनीहरुले कमजोर आँक्न सक्छन् । अहिले त अरुलाई के दिइन्छ, कति दिइन्छ भन्ने कुरा फोटो खिचाउने चलन छ । अरुलाई केहि दिनुपरेमा फोटो खिचाएर सामाजिक सञ्जालमा त्यसको प्रचार गरिन्छ । जबकी अरुलाई हामी केही दिन्छौ भने त्यो कुरा एकदम गोप्य राख्नुपर्छ । नभए अरुलाई हामीले निस्वार्थ मनले दिएका छैनौ भन्ने हुन्छ ।