गरिमा विकास बैंकको अध्यक्षमा श्याम प्रसाद बस्याल निर्वाचित 

प्रकाशित मिति:

स्याङजा –   गरिमा विकास बैंक लिमिटेडको यही माघ ३० गते शुक्रबार सम्पन्न १४औँ बार्षिक साधारणसभा सम्पन्न भएको छ । उक्त सभाले शेयरधनीहरुलाई १३: ५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ०।७१ प्रतिशत नगद लाभांश गरि कुल १४: २१ प्रतिशत लाभाशं वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

पोखरामा सम्पन्न १४ औं बार्षिक साधारण सभाबाट संस्थापक शेयरधनी समुहतर्फ संचालकहरु श्याम प्रसाद बस्याल, डा। आनन्द प्रसाद श्रेष्ठ र दिपेन्द्र श्रेष्ठ तथा सर्वसाधारण शेयरधनी समुहतर्फबाट बिमल पाण्डे, संजिव ढकाल र सरस्वती पाठक निर्विरोध निर्वाचित भएका छन् । साथै साधारणसभा सम्पन्न भए पश्चात बसेको विकास बैंकको सञ्चालक समितीको बैठकले सञ्चालक श्यामप्रसाद बस्याललाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको छ । उहाँको स्थायी ठेगाना स्याङजा हो ।

३ अर्ब २३ करोड ८६ लाख ८९ हजार चुक्ता पुंजी रहेको विकास बैंकको १३: ५ प्रतिशत बोनश शेयर वितरण पश्चात् चुक्ता पुंजी ३ अर्ब ६७ करोड ५९ लाख १२ हजार पुगेको छ । साधारण सभाको लागि २०७७ माघ १२ गतेदेखि शेयरधनी दर्ता पुस्तिका बन्द रहेकोमा २०७७ माघ ११ गते सम्मका यस विकास बैंकका शेयरधनीले मात्र साधारणसभाबाट पारित बोनश शेयर प्राप्त गर्नेछन् । गरिमा विकास बैंक लिमिटेड राष्ट्रियस्तरको विकास बैंक हो । काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको यस विकास बैंकको हाल देशभर १०६ शाखा र ५१ वटा एटीएम संचालनमा छन् ।