“खुशी हुन्छौ र?”

प्रकाशित मिति:

“खुशी हुन्छौ र?”
‘फूल’
फक्रियोस वा चुडियोस, गुण हो उसको बसाउनु!
सूर्यको तापमा फक्रिनु अझै, झरिमा पात रसाउनु!!
छिरलिनु बाटै भरी वा कसैको दिलमा लुक्न पाउनु!
आफ्नो आफ्नो भाग्य हुन्छ, छैन कसैलाइ दोष लाउनु!!

सुनेकी छु दोषी देख्छौ रे मैले पखेटा उडाउनु!
स्वेच्छाले आफ्नो रथलाइ अन्त कतै गुडाउनु!!
के तिमी खुशी हुन्छौ र? उडदा उडदै म खसे भने!
थाकेर चुनौतिसंग थचक्क कतै बसे भने!!

स्वाभाविक होला,
तिम्रो यादले सताउदा दोबाटोमा गै हराउनु!
आत्म माथि अन्याय हुदा एकान्त खोजी कराउनु!!
तिम्रो समिपमा हठी झै हुनु टाढिनु पर्दा डराउनु!
पथ्थरको बिचमा आफ्नै मुटु चट्टान जस्तो गराउनु!!

सुनेकी छु कुरा काटछौ रे, कठोर, जिद्दी र निष्ठुरी बनी!
भौतिक दुरी त टाढा नै थियो मन पनि अब टाढा भो भनी!!
के तिमी खुशी हुन्छौर? बादल बनेर म त्यही बसे भने!
वा फर्केर पुरानै बाटो, तिमीलाइ फेरी डसे भने!!

परिबन्ध होला,
चाहेको डोरी चुडिए पछि पाएको डोरी समाउनु!
सनातन पिडा दिमागले दबाइ बर्तमानसंग रमाउनु!!
बादल फाटी घमाइलो हुदा पुन कतै चंचलता आउनु!
डुबूल्की मार्नु आजमै कहिले, कहिले हिजलाइ गुमाउनु!!

सुनेकी छु हल्ला छ रे उ भित्र प्रेमिल अस्ताएको छ!
रुझिसकेको सेखु भित्र चेतनाको वृक्ष फस्टाएको छ!!
के तिमी खुशी हुन्छौ र? रुझेकै पहिरनमा म निस्किए भने!
तिमीसंग झै चंचले स्वाभाव अन्त कतै पस्किए भने!!

प्रेमिल होला,
पछ्छेउरी र गलबन्दीमा एक अर्काको बासना आउनु!
रगंरोगन सबै खुइलिए पनि, तिनैमा आखा टोलाउनु!!
साथ र बिछोड मिसिए पछि भावनालाइ कचल्क्याउनु!
रुमालको प्वालमा ओझेल पार्न अध्यारोमै पट्याउनु!

सुनेकी छु जालि रुमाल पुरानिएर फाटेको छ!
सम्बन्धमा सिमा लागेपछि विश्वासले नै ढाटेको छ!!
के तिमी खुशी हुन्छौ र? फाटिएको रुमाल सिलाए भने!
तिम्रा असिम खुशीहरुमा मेरा अविरल अश्रु मिसाए भने!!

समर्पण होला,
“अन्तर हुन्छ, आफैले सम्झनु र अरुले सम्झाउनु मा,
‘नासो’फूल झै सजाउनु वा विछ्उना झै ओछ्छ्याउनु मा!
अलिखित नाता युगान्त राख्न कपिमा कलम दलिरहन्छु
तिमीले तअब बिर्सियौ होला,मैले चाहिं मिस गरिरहन्छु!!”

के गन्ती गर्नु, दोषी चश्माले के के मा खोट भेट्टाउछौ!
मुटु मै राख्छौ पवित्र माया वा डिलिट थिचेर मेट्टाउछौ!!
खुशी हुन्छौ र? त्याग्नुमा पनि वा हार-जित छुट्टयाउछौ!
मलम लाउछौ घायल मुटुमा वा पुरानै घाउ कोट्याउछौ!!

राधा अर्याल- स्याङ्जा,  हाल क्यानडा