एनआरएनए अमेरिकाको सदस्य संख्या झन्डै १३ हजार पुग्यो

प्रकाशित मिति:

एनआरएनए अमेरिकाको सदस्यता बितरण अभियानको पछिल्लो जानकारी अनुसार आज फेब्रुअरी १२, २०२१ साझसम्ममा सदस्य संख्या कुल १२ हजार ९ सय ६४ पुगेको छ । यो फेब्रुअरी १० तारिख साझ ९ बजेसम्मको बिबरण भएको मेम्बरसीप भेरिफिकेशन कमिटीका चेयर डाक्टर राजन पन्तले बताउनु भयो ।

डाक्टर पन्तका अनुसार २ हजार १ जना आजिवन सदस्य र १० हजार ९ सय ६३ साधारण सदस्य रहेका छन ।यो संख्या भेरिफिकेशन कमिटीले प्रमाणित गरेका सदस्यहरुको संख्या हो । यी सदस्यहरुलाई सुपरिवेक्षण कमिटीले प्रमाणित गरेपछि मात्र आधिकारीक मानिनेछ । हटाउन वा पुनस् रिभ्यु गर्नुपर्ने अवस्था हुनसक्ने कारणले गर्दा यो संख्या एनआरएनए अमेरिकाको बिधान र सदस्यताका लागि आवश्यक रिक्वायरमेन्टका आधारमा घटबढ हुनसक्ने सम्भावना रहन्छ। भेरिफिकेशन कमिटीका चेयर पन्तले बताउनु भयो।