अमेरिकी डलर ओसारपसार गर्ने दुई जना रसुवाबाट पक्राउ

प्रकाशित मिति:

काठमाडौं । अवैध रूपमा अमेरिकी डलर ओसारपसार गर्ने दुई जना रसुवाबाट पक्राउ परेका छन् । चितवन रत्ननगर नगरपालिका–७ टाँडीका ५३ वर्षीय श्रीराम चौधरी र रौतहट गुजरा नगरपालिका–९ सिम्म्रा भवानीपुरका ३२ वर्षीय विकास प्रसाद चौधरी पक्राउ परेका हुन् ।

काठमाडौँबाट रसुवागढी जाँदै गरेको बा १ य १४४६ नम्बरको स्कार्पियोमा हिँडेका उनीहरु २८ हजार ६ सय अमेरिकी डलरसहित पक्राउ परे ।  जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायब उपरीक्षक सन्तोष तामाङका अनुसार नियमित चेकजाँचको क्रममा रसुवाको गोसाइँकुण्ड गाउँपालिका ६ त्रिशूली खोलामा उनीहरु पक्राउ परेका हुन् ।

श्रीराम चौधरीको साथबाट २६ हजार ८ सय र विकास प्रसाद चौधरीको साधबाट १ हजार ८ सय अमेरिकी डलर बरामद गरिएको प्रहरीले जनाएको छ । रसुवामा बसाइसराइँ गरेर उनीहरूले चीन जाने अनुमति समेत लिइसकेका रहेछन्, प्रनाउ तामाङले भने । उनका अनुसार दुवैलाई राजस्व अनुसन्धानको जिम्मा लगाउँदै छ