अमेरिकी र भारतीय सैनिकले थाले संयुक्त युद्ध अभ्यास

प्रकाशित मिति:

अमेरिकी र भारतीय सैनिकबीच संयुक्त सैन्य अभ्यास सुरू भएको छ। गत अक्टोबरका लागि तय भएको संयुक्त अभ्यास कोरोनाका कारण रोकिएको थियो। गत सोमबारदेखि युद्ध अभ्यासु नाम दिइएको दुई साता लामो संयुक्त सैन्य अभ्यास राजस्थानको महाजन फिल्ड फायरिङ रेन्जमा सुरू भएको हो।

वार्षिक रूपमा हुँदै आएको भए पनि यसपालिको सैन्य अभ्यासले भू-राजनीतिमा महत्वपूर्ण अर्थ राख्ने विश्लेषकहरूले बताएका छन्। केही समयअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको टेलिफोन कुराकानीका क्रममा अमेरिकी राष्ट्रपति जो बाइडेनले चार मुलुकको सैन्य गठबन्धन क्वाडमा जोड दिएका थिए। पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पका पालामा सुरू भएको क्वाड गठबन्धनमा अमेरिका, भारत, जापान र अष्ट्रेलिया छन्।