महत्तोको प्रस्ताव ओली महाराजाले प्रतिगमन गरे, संयुक्त आन्दोलन गरौं

प्रकाशित मिति:

प्रकाश न्यौपाने
नवलपरासी फागुन २
जनता समाजवादीका बरिष्ठ नेता राजेन्द्र महतोले प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली नयाँ महाराजा भएको बताउनु भयो । पश्चिम नवलपरासीको परासीमा आयोजित पत्रकार भेटघाटमा बोल्दै नेता महतोले महाराजाकै शैलीमा केपीले प्रतिनिधिसभा विघटन गरेर प्रतिगमन गरेको बताउनु भयो ।

 

महतोले संविधान जारी गर्ने समयमा अन्तरिम संविधानमा भएका ब्यबस्थाहरु समेत कटौती गररेर तत्कालिन एमाले, माओवादी, नेपाली कांग्रेस लगायतका दलहरुले सहमतीमै संविधानमाथी प्रतिगमन गरेको जिकरि गर्नु भयो । जारी गर्ने समयमै संविधानमाथी प्रतिगमन भएकोमा अहिले फेरी नयाँ महाराजा ओलीले दोश्रोपटक प्रतिगमन गरेको उनले बताउनु भयो । ओलीकै कारण नेपाली जनताले बर्षौ संघर्ष गरेर प्राप्त गरेको संबिधान संगै हाल सम्म प्राप्त सबै उपलब्धी गुम्ने खतरा बढेको पनि महतोले बताउनु भयो ।

 

ओलीको प्रतिगामी कदम विरुद्ध जसपा सुरु देखिनै विरोधमा रहे पनि अव संयुक्त आन्दोलनको विकल्प नरहेको भन्दै महतोले त्यसका लागि पहिला सडकमा रहेको नेकपा र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस तयार हुनुपर्ने धारणा ब्यक्त गर्नु भएको छ । महतोले सवैभन्दा पहिला संयुक्त एजेण्डा तयार गर्नुपर्ने र त्यसैका आधारमा आन्दोलनमा जानुपर्ने बताउनु भयो । कसैको कुर्सी जोगाईदिनका लागि संसद पुर्नस्थापना गर्ने नभई संविधान माथी भएको प्रतिगमन सच्याउनकालागि संसद पुर्नस्थापना हुनुपर्ने जसपाको प्रष्ट धारणा रहेको उहाले बताउनु भयो ।