पार्टी स्थापना दिवसको अवसरमा पाल्पामा पुस्तक प्रदर्शनी

प्रकाशित मिति:

२ फागुन,पाल्पा । नेपाल मजदुर किसान पार्टीको ४७ औं स्थापना दिवशको अवसरमा आयोजित पुस्तक प्रदर्शनी आइतबार पाल्पाको शिटलपाटी तानसेनमा सम्पन्न भयो । नेमकिपा र जनवर्गीय संगठनहरू द्वारा प्रकाशित बिभिन्न पुस्तक र पत्रिकाहरू प्रदर्शनीमा राखिएका थिए ।

पाल्पाका पत्रकार, वुद्धिजीवी, मजदुर, किसान, युवा विद्यार्थी र व्यवसायीहरूले प्रदर्शनी अवलोकन गरी विभिन्न पुस्तक पत्रिकाहरूको समेत खरिद गरेका थिए । पाल्पाको तानसेनमा पार्टीगत पुस्तक प्रदर्शनी हुनु सह्रानीय रहेको स्थानीय व्यवसायीहरूले बताएका छन् ।

प्रदर्शनीमा चीनको संविधान, सय वर्षपछिको भक्तपुर, चिल्लीमा फासीवादको प्रतिरोध, किसान संघर्ष, चिनिया सपना, का रोहितको साहित्यिक व्यक्तित्व, पत्र साहित्यमा रोहित,हजुरबुवाका चिठीहरु,मार्ग निर्देशनबारे भाई बहिनीहरुलाई चिठी,अफ्रिकी क्रान्तिकाती नेता क्रिस हानी,जनताको प्रजातन्त्र लगायत पुस्तकहरू विक्री भएको आयोजकले जनाइएको छ ।
नेमकिपाले पार्टी स्थापना दिवसको अवसरमा बुटबल,भैरहवामा समेत पुस्तक प्रदर्शनी गरेको थियो।