रुपन्देहीमा आज कांग्रेसले गर्ने विरोध सभालाई देउवाले सम्बोधन गर्ने

प्रकाशित मिति:

नेपाली कांग्रेस रुपन्देहीले आज सिद्धार्थनगरमा गर्ने विरोध सभालाई सम्बोधन गर्न पार्टी सभापति शेरबहादुर देउवा आंउदैछन् । जिल्ला सभापति अब्दुल रज्जाकले केन्दिैय सभापति देउवा लगायत केन्द्रिय सदस्य बालकृष्ण खांण र संघिय संसदका लेखा समिति संयोजक भरत कुमार शाहले सम्बोधन गर्ने कार्यक्रम रहेको बताए । सभाको पुर्व सन्ध्यामा बिहान ११ बजेदेखी भैरहवाको बुद्धचोकबाट ¥यालीको आयोजना गरि नारायणपथ, मिलनचोक हुदै हनुमान मन्दिरमा पुगेर विरोधसभामा परिणत हुने रज्जाकले जनाए ।
ओली सरकारको प्रतिगामी कदमको विरोधमा र संविधानको रक्षाको लागी सबै लोकतान्त्रिक शक्तिलाई कांग्रेसको विरोध सभाप्रति ऐक्यवद्धता जनाई विरोधसभामा सहभागी हुन नेपाली कांग्रेस रुपन्देहीले आव्हान समेत गरेको छ ।