गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिका च्याप्टरले बिभिन्न संघ-संस्थाहरु सॅंग सहकार्य गर्दै निःशुल्क कोभिड-१९ परिक्षण

प्रकाशित मिति:

न्युयोर्क, अमेरिका: February 13,2021 का दिन “कोभिड परीक्षण गरौं, जीवन बचाउँ” (Swab and Save Lives) भन्ने नाराका साथ अमेरीकाको न्युयोर्क र आसपासका क्षेत्रमा वसोवास गर्नुहुने नेपाली र अन्य समुदायका महानुभावहरूलाई लक्षित गरी निःशुल्क कोभिड टेष्ट(पिसीआर)कार्यक्रम अत्यन्त सौहार्दपूर्ण वातावरणमा सम्पन्न भयो। सो कार्यमा विभिन्न समुदायका ११५ जना महानुभावहरूले कोभिड परीक्षण गर्नुभयो।

गिरिजा प्रसाद कोईराला फाउण्डेशन अमेरिका च्याप्टर, युनाईटेड शेर्पा एसोसिएशन अफ अमेरिका, प्रवासी नेपाली एकता मन्च अमेरिका, लिगल गुड, आ.सि.सि.डी र घ्याल्सुम्दो सेवा समाज अमेरिका गरी ६ वटा संस्थाहरूको संयुक्त आयोजनामा सो कार्यक्रम भएको थियो।यी ६ वटै संस्थाका अध्यक्ष क्रमश सोमनाथ घिमीरे, उर्गेन शेर्पा, टेक गुरूड॰, लारा ग्रेगोरी, सलीम सैयद र निमा ल्हम्हो र यि सबै संस्थाका पदाधिकारीहरूको उपस्थितीमा विहान ९ वजे सो कार्यक्रम युनाईटेड शेर्पा एसोसिएशन अफ अमेरिकाको हल ज्याक्सन हाईट्स मा शुरू भएको थियो।

डा. अलिस अल्मेन्ड्रलको टीम ले नाम दर्ता एवं स्वाव परीक्षण मेडीकल प्रोटोकल अनुसार गरेको थियो।यसरी स्वाव परीक्षण गर्नेहरूको नतीजा २४ देखी ७२ घन्टाभित्र ईमेल वा फोन मार्फत सो टीमले सम्वन्धित व्यक्तिलाई जानकारी गराउने कुरा डाक्टरले वताउनुभयो ।सो कार्य सम्पन्न गराउन स्वयंसेवक को रूपमा जीपी कोईराला फाउन्डेशन अमेरिका च्याप्टरका उपाध्यक्ष सुवर्ण लामा, महासचिव छिरिंग राप्के लामा, कार्यसमिती सदस्यहरू क्मश: रामचन्द्र अधिकारी, प्रेम क्षेत्री अधिकारी, राजेश आचार्य खटिनुभएको थियो। कार्यक्रम व्यवस्थापनमा खटीनुभएकी लिगल गुड संस्थाकी अध्यक्ष लारा ग्रेगरी,आईसीसीडी संस्थाका महासचिव सलिम सायद को विशेष भुमीका रहेको थियो भने प्रवासी नेपाली एकता मन्च अमेरिकाका अध्यक्ष टेक गुरुड॰ र घ्याल्सुम्दो सेवा समाज अमेरिकाकी अध्यक्ष निमा ल्हमो रजिष्ट्रेसन गराउन खटिनु भएको थियो। नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना)की कोषाध्यक्ष चोन्जोम लामा सि.डी.सि.को नियम अनुसार लाईन व्यवस्थापनमा खटिनु भएको थियो। वहाँहरू कार्यक्रममा लामो समयसम्म उपस्थित भै एकता र कार्यक्रम सम्पन्न गर्न विशेष भुमीका निर्वाह गर्नुभएको थियो।

सहभागी परीक्षणदाताहरू लाई आयोजकको तर्फवाट मास्क, सेनिटाईजर र फेससिल्ड समेत निःशुल्क वितरण गरीएको थियो।आयोजक संस्थाहरूले यथासीघ्र डाक्टरको टोलीसँग र न्युयोर्क सिटीसँग मिली कोभिडको भ्याक्सीन समेत सर्वसाधारणलाई सहज ढंगले उपलब्ध गराउन पहल भैरहेको र छिट्टै सो कार्य पनी आयोजना गरीने जानकारी गराउनुभयो।आफुहरूले कोरोनाको यो जटिल परीस्थितीमा सानो भएपनी सहयोग गर्नपाएको र आफ्नै हलमा सो कार्यक्रम गर्नपाउँदा असाध्यै खुशीलागेको कुरा युनाईटेड शेर्पा एसोसिएशनका अध्यक्ष श्री उर्गेन शेर्पाले वताउनुभयो ।आजको कार्यक्रम अत्यन्त राम्रो भएको र आगामी दिनहरूमा पनी समुदायका लागी मिलेर अगाडी वढन हौसला मिलेको कुरा प्रवासी नेपाली एकता मन्च अमेरिकाका अध्यक्ष टेक गुरूंग वताउनुहुन्छ।यसैगरी घ्याल्सुम्दो सेवा संस्थाकी अध्यक्ष निमा ल्हम्होले आफुहरूले यस्तो पवित्र र पुण्य कार्य गर्न पाएकोमा गर्व लागेको वताउनुभयो। एन.आर.एन. ए. अमेरिकाका युवा संयोजक विनोद रुवालीले यस प्रकाकारको मानविय कार्यमा सहभागी भई आफ्नै कोभिड-१९ को परिक्षण गर्न पाउॅंदा हर्षित भएको र फाउण्डेशनलाई धन्यवाद छ भन्नु भयो।

कार्यक्रम सफल पार्न विशेष भुमिका निर्वाह गर्नुहुने लिगल गुड संस्था न्युयोर्ककी अध्यक्ष लारा ग्रेगरीले नेपालीजनको एकताप्रती प्रशन्नता व्यक्त गर्दै आगामी दिनहरूमा मिलेर अगाडी वढने प्रतिवद्दता जनाउनुभयो। यसैगरी आईसीडीका महासचिव सलिम सयदले आफुहरू समुदायमा आईपर्ने जस्तोसुकै मानवीय सहयोगको लागी सदा तत्पर रहेको र नेपाली समुदायसँग मिलेर काम गर्न पाउँदा अत्यन्त खुशी लागेको वताउनुभयो। राष्ट्रपती ओवामा देखी राष्ट्रपती बाईडेन सम्म युवा राजनीतिक आयोजक क्रीष्टोफर डेजाले नेपाली समुदायलाई अझै माथि उठाउ आफ्नो तर्फवाट सर सहयोग गर्ने प्रतिवद्धता जाहेर गर्नु भयो। कम्युनिटि मेडियेन सर्भीसेसकी सदस्यद्वय मार्था सान्चेय र जिन्जर लोपेजको स्वयंसेविकाको भुमिका अनुकरणीय थियो। कार्यक्रमको समग्र व्यवस्थापन गरी सबैपक्षलाई जुटाई शानदार रूपमा सम्पन्न गर्न पाउँदा आयोजकको हैसीयतले आफु र फाउण्डेशन टीमप्रती गर्व लागेको भन्दै यसै फाउन्डेसनका अध्यक्ष सोमनाथ घिमीरेले प्रशन्नता व्यक्त गर्नुभयो। सो कार्यक्रम वेलुका ५ वजे सम्पन्न भएको थियो।