तरूण दल महामन्त्री भूपेन्द्रजंग शाहीलाई हृदयघात

प्रकाशित मिति:

नेपाल तरूण दलका महामन्त्री भूपेन्द्रजंग शाहीलाई हृदयघात भएको छ। शाहीका भाइ मोहन शाहीका अनुसार उनलाई आइतबार राति करिव साढे दश बजेतिर हृदयघात भएको हो। शाहीको काठमाडौं महाराजगंजस्थित मनमोहन कार्डियो भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचार भइरहेको छ।

उनलाई हिजो राति नै अस्पताल लगिएको थियो। राति करिब १२ बजेतिर अपरेशन गरिएको शाहीले बताए।अपरेशनपछि आज बिहान ३ बजे उनलाई वार्डमा सारिएको र अवस्था खतरा मुक्त रहेको डाक्टरले बताएको शाहीले जानकारी दिए। ‘दाइले बिहान चिया कालो चिया पिउनु भएको छ। उहाँलाई कसैलाई भेट्न दिइएको छैन। अवस्था सुधारोन्मुख रहेको छ’, शाहीले भने।