सधैँ शासनमा बसिरहन्छु भन्ने हल्ला चलाइयो : प्रधानमन्त्री

प्रकाशित मिति:

काठमाडौं, फागुन ३ :  आफूले चुनाव नगराएर शासनमा बसिरहने हल्ला चलाइएको प्रधानमन्त्री केपी ओलीले बताए । निर्वाचन आयोगले चुनावको तयारी गरिरहेको उनको जिकिर थियो । ‘उहाँहरू राजनीति गरिरहनुभएको छ कि ज्योतिषशास्त्र पढिरहनुभएको छ ?  उनले भने चुनाव नै गराउँदैन भनेर हल्ला चलाउनुको अर्थ के हो ?

लोकतन्त्रलाई अनुचित बाटोतर्फ फर्काउनु खोजियो भने त्यता जान नदिन जनता नै अगाडि सर्नुपर्ने उनको भनाइ थियो । ‘जनताका बीचमा जानु कसरी अलोकतान्त्रिक हुन्छ रु’ उनले भने । यो राजनीतिक प्रश्न भएकाले राजनीतिक प्रश्नको निरुपणका लागि जनतामै जानु परेको उनको जिकिर थियो । विघटित प्रतिनिधिसभाको अन्तर्यमा ठीक ढंगबाट चल्न नदिइएको उनले आरोप लगाए । अघिल्लो जनादेशबाट आएका पात्रहरू सही नभएकाले नयाँ पात्र खोज्न चुनावमा जानुपरेको जिकिर प्रधानमन्त्रीले गरे ।

प्रणालीमा क्रमिक सुधार र संरचनाको अन्तर्वस्तुमा सुधार आवश्यक देखिएको उनले बताए । ‘त्यसैले नयाँ जनादेश पाऊँ भेर जनतामा जाने निर्णय गरेको हुँ उनले भने, ‘यो जनादेशप्रतिको सम्मान हो । जनताका अगाडि नतमस्तक भएर नयाँ जनादेशमा जानु परेको हो । निर्वाचनमा पराजित हुने र उही व्यक्ति जस्केला र झ्यालबाट छिरेर प्रधानमन्त्री हुन खोज्दै प्रवृत्ति देखिएको उनले बताए । त्यसलाई सधैँका लागि ढोका बन्द गर्न आवश्यक भएको उनले बताए । जनताका बीचमा जाने कुरा अलोकतान्त्रिक होइन उनले भने । पराजित भएपछि एक कार्यकालसम्म त्यस पराजयलाई स्वीकार्नुपर्ने बताए । ‘विजयी भएको व्यक्तिलाई काम गर्न नदिने र आफू पराजित भएको ठाउँ नै चाहियो भनेर आफू र आफ्नो स्वार्थलाई केन्द्र भागमा राखेर लोकतान्त्रिक मूल्य, मान्यतालाई धरापमा पार्ने कुरा स्वीकार्य छैन,’ उनले भने ।