प्रधानमन्त्रीलाई सरकार चलाउन मन लागेन भने दुई विकल्प मात्र छ- घर वा वन जाने   : गगन थापा

प्रकाशित मिति:

काठमाडौं, फागुन ३ :  नेपाली कांग्रेसका नेता गगन थापाले संविधानमा बहुमत प्राप्त प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने अधिकार नभएको तर्क गरेका छन् । उनले चितवनमा आयोजित विरोध प्रदर्शनमा संविधानले बहुमत प्राप्त प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने अधिकार नदिएको तर्क गरेका हुन् ।

उनले बहुमत प्राप्त प्रधानमन्त्रीलाई सरकार चलाउन मन लागेन भने घर वा वन जाने दुई विकल्प मात्र भएको बताए । उनले भने, ‘अदालतमा बहस चलिरहेको छ । बेलाबेलामा बेन्चबाट प्रश्न सोधिन्छ– बहुमत प्राप्त प्रधानमन्त्रीलाई सरकार चलाउन मन लागेन भने के गर्ने रु मेरो जवाफ हुन्छ– सरकार चलाउन मन लागेन भने खुरुक्क घर जाने । घर बस्न मन लागेन भने वन जाने । घर र वन जानुभन्दा बाहेक हाम्रो संविधानले अर्को कुरा गर्न दिँदैन ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको जगमा प्रहार गरेको थापाको दाबी छ । उनले भने, ‘संविधानको जगमा टेकेर घर निर्माण गर्ने हो । प्रधानमन्त्रीले पुस ५ गते जे गर्नुभयो, प्रधानमन्त्रीले यसको जगमा हान्नुभएको छ । उनले विधिको शासन वा सेटिङको शासनमध्ये एक रोज्नुपर्ने बेला आएको बताए । उनले भने, ‘हामी विधिको शासनको पक्षमा छौँ कि सेटिङको शासनको पक्षमा छौँ  हामी सनकको शासनको पक्षमा छौँ कि संविधानको शासनको पक्षमा छौँ । आजको सबैभन्दा ठुलो प्रश्न यही हो ।’