खनाल ब्रदर्श फाइनलमा प्रबेश,फाइनल खेल फागुन ५ गते

प्रकाशित मिति:

३ फागुन,सैनामैना- गत माघ २४ गते देखि सैनामैना नगरपालिकाको आयोजना तथा जनप्रिय स्पोर्टिङ्ग युवा क्लबको व्यबस्थापनामा संचालन भएको तेश्रो सैनामैना मेयर कप नकआउट फुटवल प्रतियोगिता २०७७ को सोमबार खनाल ब्रदर्श र फुलबारी गायज बिच भएको अन्तिम सेमी फाइनलमा प्रतिस्पर्धामा बिजयी भई खनाल ब्रदर्श फाईनलमा प्रबेश गरेको छ।
सोमबार भएको प्रतिस्पर्धामा खनाल ब्रदर्श फुलबारी गायजलाई गोल३-० गोल अन्तरले पराजित गरि फाइनलमा पुगेको जनप्रिय स्पोर्टिङ्ग युवा क्लबका खेल संयोजक चित्र बहादुर थापाले जानकारी दिनु भएको छ। यस अघि बिश्वशान्ती युवा क्लब,सालझण्डी र फर्साटिकर फुटबल क्लब बिच भएको पहिलो सेमिफाइनलबाट बिश्वशान्ती युवा क्लबलाई पराजित गरि फर्साटिकर फुटबल क्लब फाईनलमा प्रबेश गरिसकेको छ।

बुधवार हुने फर्साटिकर फुटवल क्लब र बिच हुने फाइनल प्रतिस्पर्धाबाट बिजेता टिमले २ लाख २२ हजार २ सय २२ रुपैया नगद सहित कप र मेडल प्राप्त गर्ने छन भने उपबिजेता टिमले १ लाख ११ हजार १ सय ११ रुपैया नगद सहित कप र मेडल प्राप्त गर्ने खेल संयोजक थापाले बताउनु भएको छ।यस्तै सेमिफाइनलमा प्रबेश गरि पराजित भएका बिश्वशान्ती युवा क्लब,सालझण्डी र ले जनही २० हजार रुपैया प्राप्त गरि चित्त बुझाउनु परेको छ।यसैगरी खेल अबधीभर उत्कृष्ट खेलाडी प्रदर्शन गर्ने खेलाडीले रु। १० हजार रुपैया र उत्कृष्ट खेलाडी अवार्ड वा माउण्टेन साईकल र अवार्ड प्राप्त गर्ने जनप्रिय स्पोर्टिङ्ग युवा क्लबका अध्यक्ष किशोर रानाले बताउनु भएको छ।

हरेक खेलमा उत्कृष्ट खेल प्रदर्शन गरि म्यान अफ म्याच हुने खेलाडीलाई रु। २ हजार सहित अवार्डले सम्मान गर्दै आएको प्रतियोगितामा उत्कृष्ट डिफेण्डर,गोलकिपर,सर्बोकृष्ट गोलकर्ता,लाई जनही ५ हजार रुपैया प्राप्त गर्नेछन।
सोमबार खनाल ब्रदर्श र फुलबारी गायज बिच भएको अन्तिम सेमिफाइनल खेलमा खनाल ब्रदर्शका बिमल राना मगर म्यान अफ म्याच भएका छन।