हरैया बहुमुखी क्याम्पसको १४ औं बार्षिक उत्सव तथा अभिभावक दिवस

प्रकाशित मिति:

३ फागुन,कञ्चन- रुपन्देही जिल्लाको पश्चिम ग्रामिण क्षेत्रमा स्थापना भएको हरैया बहुमुखी क्याम्पस,कञ्चनको १४ औं बार्षिक उत्सव तथा अभिभावक भेला सम्पन्न भएको छ। कञ्चन ३ मा रहेको हरैया बहुमुखी क्याम्पसको बार्षिक उत्सव तथा अभिभावक भेला कञ्चन गाउपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
प्रमुख अतिथि तथा गाउपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले क्याम्पसको भौतिक पुर्वाधार तथा गुणस्तरिय शिक्षाको लागि आवस्यक पर्ने आर्थिक,भौतिक तथा प्राबिधिक सहयोग उपलब्ध गराउन आफु प्रतिबद्ध भएको बताए । अध्यक्ष क्षेत्रीले भने क्याम्पस स्थापना गर्न कञ्चनवासीको अथक मेहनतको रुपमा आर्थिक तथा नैतिक सहयोग सहितको योगदान भएको र रुपन्देही जिल्लाको पश्चिम ग्रामिण क्षेत्रमा संचालन भएको एक मात्र ग्रामिण क्याम्पसको स्थायित्वका लागि आफुले जनप्रनिधिको हैसियतले भरपुर सहयोग जुटाउन पछि नपर्ने बताएका छन। समृद्ध कञ्चनको महतवपुर्ण आधार भनेको शिक्षा पनि भएकोले हरेक कञ्चनवासीको घर घरमा शिक्षाको ज्योती पुराएर कञ्चनवासीमा बुद्धिजिवीकरण गर्नु पर्ने आवस्यक रहेको अध्यक्ष क्षेत्रीले बताए ।

क्याम्पस प्रमुख प्रकाश खनालले क्याम्पसको बार्षिक शैक्षिक तथा बार्षिक प्रगती प्रतिबेदन प्रस्तुत गरिएको बार्षिक उत्सव तथा अभिभावक दिवसमा क्याम्पस सभा सदस्यहरु लेखनाथ पौडेल,पुष्पराज शर्मा,दीनानाथ आचार्य,दुर्गा बहादुर थापा,राष्ट्रिय जनमोर्चाका दीपक पौडेल,भुतपुर्व क्याम्पस प्रमुख चुडामणी शर्मा लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । शिक्षा र व्यबस्थापन बिषयमा अध्यापन हुने हरैया बहुमुखी क्याम्पसमा ४ सय २० बिधार्थीहरु अध्ययनरत क्याम्पसमा समाजसेवी हरिकला थापाले क्याम्पसको शैक्षिक तथा भौतिक पुर्वाधार बिकासका लागि ५ लाख रुपैया आर्थिक सहयोग प्रदान गरेका थिए भने २ सय जना क्याम्पस सभा सदस्य रहेका छन।

रुपन्देहीको गैडहवा,शुद्धोदन,लुम्बिनी,कपिलबस्तुको बाणगंगा र अन्य बाह्य जिल्लाबाट समेत अध्ययन गर्न आउने हरैया बहुमुखी क्याम्पसको क्याम्पस व्यबस्थापन समितिका अध्यक्ष लिला कुमारी पौडेलको अध्यक्षतामा सम्पन्न बार्षिक उत्सवमा क्याम्पसका प्रध्यापक थम बहादुर सिंजालीको स्वागत गरेका थिए भने लेखापाल कपिलमणी पौडेलको संचालनमा कार्यक्रम समपन्न भएको हो ।