आप्रवासी परिवार हकहित मञ्च पश्चिम नवलपरासीको नियमित बैठक सुनवल १२ हरकट्टामा सम्पन्न,

प्रकाशित मिति:

रामु भुसाल,- आप्रवासी परिवार हकहित मञ्च पश्चिम नवलपरासीको नियमित बैठक सोमबार सुनवल १२ हरकट्टामा सम्पन्न भएको छ । मञ्चका अध्यक्ष बल बहादुर थापाको अध्यक्षतामा सम्पन्न बैठकले मंन्चले गरेको नियमित कामहरुको समिक्षा गर्दै आर्थिक बर्ष २०७६।७७ को लेखा परिक्षण को प्रतिवेदन अनुमोदन गर्नुका साथै आर्थिक बर्ष २०७७।७८ को अर्ध बार्षिक आय व्यय विवरण अनुमोदन गरिएको र मञ्चले यहि आउने फाल्गुन १३ गते बर्दघाट ९ पञ्चनगरमा मञ्चको दोस्रो साधारणसभा गर्ने निर्णय गर्दै मञ्चमा आवद्ध सदस्यहरुका लागी क्षमता अभिवृद्धि गर्ने उदेश्यले २ दिवसिय क्षमता अभिवृद्धि तालिम आयोजना गर्ने समेत निर्णय गरिएको मञ्चका सचिव रामु भुषालले जानकारी दिनु भयो ।

बैदेशिक रोजगारी बाट फर्केर आएका जिल्लाका कामदारहरु एक जुट भई बैदेशिक रोजगारीमा रहेका र तिनका परिवारहरुको हकहितका लागी कार्य गर्ने उदेश्यका साथै बैदेशिक रोजगारीलाई सुरक्षित , मर्यादित र उपलब्धि मुलक बनाउने , स्वदेशमै स्वरोजगारीको अवस्था सिर्जना गर्ने र बैदेशिक रोजगारीको नाममा हुने कुनै पनि समस्या र ठगीलाई न्युनिकरण गर्ने लक्ष्यका साथ २०७५ सालमा जिल्ला प्रशासन कार्यालय नवलपरासीमा मञ्च दर्ता गरेर जिल्लामा विविध गतिविधिहरु संचालन गर्दै आएको मञ्चका जिल्ला अध्यक्ष बलबहादुर थापाले जानकारी दिनु भयो ।