प्रजातन्त्र दिबसको अबसरमा स्थानीय झाकी बाजा गाजा सहित चापाकोट क्याम्पसमा तिन दिने चापाकोट शैक्षिक मेला हुने।

प्रकाशित मिति:

चापाकोट बहुमुखी क्याम्पस चापाकोट स्याङ्जामा तिन दिने शैक्षिक मेला आयोजना हुने भएको छ।स्वतन्त्र बिद्यार्थी युनियन चापाकोट क्याम्पसको आयोजनामा हुन लागेको बृहत शैक्षिक मेला यहीँ फल्गुण ७ गते उद्घाटन भइ ९ गते समापन गरिने भएको छ।

बिद्यार्थी बर्गलाई लक्ष्यित गरि गरिने भनिएको शैक्षिक मेलामा विभिन्न शैक्षिक बिधामा प्रतियोगिता,पुस्तक प्रदर्शनी हुने कुरा चापाकोट बहुमुखी क्याम्पसका स्वतन्त्र बिद्यार्थी युनियन सभापति सबिन चन्द्र डोटेलले सबल पोष्टलाई जानकारी दिए।

खुल्ला हाजिरिजबाफ,बादबिबाद,बक्तृत्वकला र कविता बाचन प्रतियोगिता हुने डोटेलले बताए।
डोटेल भन्छन।।,बिद्यार्थीमा बौद्धिक क्षमता वृद्धि गर्न अतिरिक्त शैक्षिक क्रियाकलाप अत्यावश्यक भएपनी बर्तमानमा सामाजिक संघ सस्थामा समेत उक्त कार्यक्रम ओझेल पर्दै जानु समाजको भबिस्य धरापमा परेको छ। हामिले बिद्यार्थीलाई नै लक्ष्यित गरेर उक्त कार्यक्रमको आयोजना गरेको र यस्ले समाजलाई नै सबल बाटोमा लैजाने अपेक्षा हाम्रो छ भन्ने कुरा डोटेलले व्यक्त गरे। तीन दिने कार्यक्रमको मुल आयोजक स्वतन्त्र बिद्यार्थी युनियन चापाकोट बहुमुखी क्याम्पस र सह आयोजक नेपाल बिद्यार्थी संघ रहनेछ।