२६ सय विन्दुमाथि नेप्से

प्रकाशित मिति:

सोमबार ९२ अंकले बढेर नयाँ रेकर्ड बनाएको शेयर बजारले मंगलबार सो रेकर्डलार्य तोड्दै २६०० विन्दजु माथिको नयाँ रेकर्ड कायम गरेको छ। यस दिन नेप्से सूचक १५।५० अंकले बढेर २६०१।५१ विन्दुमा पुगेको छ। यो नेप्सेले कायम गरेको हालसम्मकै उच्च विन्दु हो। त्यस्तै मंगलबार सेन्सेटिभ सूचक पनि ४।०९ अंकले बढेको छ।

यस दिन कारोबार रकम पनि १० अर्बमाथि पुगेको छ। मंगलबार २०८ वटा कम्पनीको १ करोड ७७ लाख ३२ हजार ७६५ कित्ता शेयर १० अर्ब ३ करोड ५४ लाख ५४ हजार ९५५ रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। यस दिन कारोबारमा आएका ११५ वटा कम्पनीको शेयरमूल्य घटेको छ भने ५३ वटा कम्पनीको शेयरमूल्य बढेको छ। ७ कम्पनीको शेयरमूल्यमा भने कुनै परिवर्तन भएन। यस दिन बैंकिङ समूहको सूचक बढ्दा नेप्सेलाई नयाँ रेकर्ड कायम गर्न सहयोग पुगेको हो। मंगलबार बैंकिङ्ग उपसमूहको सूचक सबैभन्दा धेरै २।०८ प्रतिशतले बढेको छ भने विकास बैंक र अन्य उपसमूहको सूचक पनि क्रमशः ०।२४ र ०।२७ प्रतिशतले बढेको छ। उत्पादनमूलक उपसमूहको सूचक भने सबैभन्दा धेरै १।८७ प्रतिशतले घटेको छ।

मौद्रीक नीतिको समिक्षमा शेयर बजारलाई असर गर्ने कुनै नीति परिवर्तन नभएपछि सोमबार एकैदिन बजार ९२ अंकले बढेको थियो। उच्च अंकले बढेको बजारमा मंगलबार भने प्रोफिट बुक गर्ने लगानीकर्ता बढेपछि केहि उपसमूहमा सामान्य करेक्सन देखिएको छ। मंगलबार कारोबारमा आएका कम्पनीहरुमध्ये ४ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। यस दिन चन्द्रागिरि हिल्स, नेपाल इन्फ्रास्टक्चर बैंक, मिर्मिरे माइक्रोफाइनान्स, कर्पोरेट डेभलपमेन्ट बैंक, सनराइज फस्ट म्युचुअल फण्ड र हिमालयन उर्जा विकास कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।त्यसैगरी सिद्धार्थ बैंक, नेपाल बैंक, ग्लोबल आइएमई बैंक र एनएमबि बेंकको शेयरमूल्य पनि ४ प्रतिशतभन्दा धेरैले बढेको छ।

यता साधना लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै ६।१५ प्रतिशतले घटेको छ भने पाँचथर पावर कम्पनीको ५।६६ प्रतिशत, बरुण हाइड्रोपावरको ५।५६ प्रतिशत, स्वाभिमान लघुवित्तको ५।०६ प्रतिशत र महुली सामुदायीक लघुवित्तको ४।७४ प्रतिशतले घटेको छ।