बुटवल उपमहानगर क्षेत्र भित्र आजदेखि हर्न बजाउन नपाईने,, बुटवलका चार स्थानमा हर्न निषेध बोर्डको उद्घाटन

प्रकाशित मिति:

बुटवल उपमहानगरपालिका नगर क्षेत्रलाई शनिबारदेखि हर्न निषेध  गरिएको छ । पाच नम्बर प्रदेशका प्रहरी वरिष्ठ उपरिक्षक नर बहादुर खत्रीले बुटवलका चार स्थानमा हर्न निषेध बोर्डको उद्घाटन गरेका छन । बुटवल वेशक्याक्प, राजमार्ग चौराहा, पक्कि पुल र गोलपार्क गरि चार स्थानमा बोर्ड उद्घाटन गर्दै उनले ध्वानी प्रदुषण न्युनिकरणका लागि यो अभियान थालेको बताए ।
पाच नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख प्रहरी उपरिक्षक गणेश चन्दले स्थानिय सरकारसंग समन्वय गरि अभियानलाई तिव्रता दिने भन्दै उनले दैनिक रुपमा प्रचारप्रसार गरिने बताए । एक महिना सचेतनाको कार्यक्रम गरिने र त्यसपछि अटेर गर्नेलाई कारवाही अघि बढाईने उनले बताए ।

बुटवलका क्रियाशिल सामाजिक संघसंस्थाहरु र सहयोगमा अभियान सफल हुनेमा आशा उनले गरे । बुटवल उमपहानगरपालिकाका वरिष्ठ अधिकृत भुवाप्रसाद लुईटेल, रोटरी क्लब अफ बुटवल डाउनटाउनका अध्यक्ष पिताम्बर ज्ञवाली, लायन्स क्लब अफ बुटवल पछिल्लो समय सवारी साधन चापसंगै ध्वनी प्रदुषण बढेको स्थानियबाट गुनासो आएपछि ट्राफिक प्रहरीले यो अभियान शुरु गरेको हो । अभियानलाई बुटवल नगरपालिकासहित नेपालगंज, दाङ्गलाई एकैपटक हर्न निषेध घोषणा गरिएको छ । प्रहरीले बुटवलको चोकचोकमा सवारी साधनका चालकहरुलाई हर्न नबाउदा हुने फाईदाका बारेमा सचेतनामुलक पर्चापम्प्लेटिङ्ग बाड्ने काम गरेका थिए ।