दाङमा तीन सय शैय्याको सुविधा सम्पन्न अस्पताल निर्माण हुने

प्रकाशित मिति:

काठमाडौं । दाङको घोराहीमा एक नयाँ शिक्षण अस्पताल स्थापना हुने भएकको छ । संजिवनी इन्स्टिच्यूट अफ एड्भान्स्ड स्टडीज टिचिङ हस्पिटल प्रा।लि।का नाममा स्थापना हुन लागेको अस्पतालको मंगलबार नेपाली कांग्रेसका महामन्त्री डा। शशांक कोइरालाले शिलान्यास गरेका छन् ।

अस्पतालको भूमि पूजन तथा शिलान्यास कार्यक्रममा डा। कोइरालाले चिकित्सा शिक्षा र यस क्षेत्रका जनताको स्वास्थ्यमा पहुँच स्थापित गर्न अस्पतालको ठूलो भूमिका हुने बताए । प्रारम्भ तीन सय बेडको हुने यस अस्पताललाई चाँडै नै पाँच सय बेडमा स्तरोन्नती गरिने शिलान्यास कार्यक्रमका अवसरमा संजिवनी समूहका अध्ययक्ष खुमा अर्यालले बताए । अस्पताल दाङको घोराही उपमहानगरपालिका –३ गोग्लीमा निर्माण हुँदैछ ।