वुटवल । नेपाली कांग्रेस बुटवल नगर सभापति खेलराज पाण्डेयले आफ्नो जन्मदिन मानव सेवा आश्रममा मनाउनु भएको छ । वुटवलको सुख्खानगरमा रहेको सेवा आश्रममा आश्रितलाई खाजा खुवाउँदै मंगलबार पाण्डेयले जन्मदिन मनाउँनु भएको हो
पछिल्लो समय पार्टी प्यालेश तथा होटलमा जन्मदिन मनाएर फजुल खर्च गर्ने संस्कृति बढ्दै जाँदा सभापति पाण्डेयले भने मानव सेवा आश्रममा जन्मदिन मनाउँनु भएको हो । राजनीतिक गर्ने मानिस तडकभडक भन्दा पनि सेवाभावमा लाग्नु पर्ने पाण्डेयले बताउँनु भएको छ । जन्मदिनमा फजुल खर्च गर्नुको सट्टा गरिब दुखि तथा असायलाई सहयोग गर्नु पर्ने पाण्डेयले बताउँनुभयो ।
यस्तै नेपाली कांग्रेस महासमिति सदस्य युवराज गिरी , क्षेत्रीय सभापति हरि लम्साल, मानवसेवा आश्रमका लोकनाथ भुषाल लगायतले पाण्डेयलाई जन्मदिनको शुभकामना दिनुभएको थियो ।