पार्टी एकताको सम्पुर्ण प्रकृया छिट्टै टुंगोमा लाग्छ : प्रचण्ड

प्रकाशित मिति:

मंसिर १, दोलखा – नेपाल कम्युनिष्ट पार्टी ने क पा का अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले पार्टी एकता प्रकृयामा शङ्का गर्नु पर्ने अवस्था नरहेको बताएकाछन् । शनिबार रिनेजम नेपालले आयोजना गरेको ‘प्रथम प्रकाश स्मृति कप’ राष्ट्रिय फुटबल प्रतियोगिताको उद्घाटनका लागि दोलखा पुगेका प्रचण्डले कार्यकर्ता बिच मंसिर ६ गते हुने पार्टी सचिवालय बैठकले प्रदेश र जिल्ला तहमा एकताको प्रकृया टुङ्गो लगाउने बताए।

उनले एकता प्रकृया भाड्न स्वदेशी तथा विदेश केही तत्वहरु लागि परेको भन्दै त्यस्ता हरेक बाधा अड्चनलाई पन्छाएर अगाडि बढ्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

उनले कमिटी निर्माणमा भएको ढिलाई विवाद र झमेलाको कारण नभएको स्पष्ट पारे । दुई वटा ठूलो कम्युनिष्ट पार्टीको एकता विश्वकै लागि उदाहरणीय रहेको उल्लेख गर्दै यसले अहिले पनि कम्युनिष्ट पार्टी आक्रमक छ भन्ने सन्देश दिएको उनको भनाई थियो ।