किसानले नगर प्रमुखको कार्यकक्षमा टमाटर फाले 

प्रकाशित मिति:
प्रकाश न्यौपाने 
फाल्गुन ४ गते
नवलपरासी ।पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकामा किसानले नगर प्रमुखको कार्यकक्षमा टमाटर  फालेर विरोध जनाएका छन् ।
नेपाली बजारमा भारतीय टमाटर  खुल्लमखुला बजारमा भित्रिएको र स्थानीय तहले किसानको समस्या समाधान गर्नेतर्फ योजना नल्याएको भन्दै नगरपालिकाको कार्यालय अगाडी, नगर प्रमुखको कार्यकक्ष र सडकमा गरि करिब तीन हजार केजि टमाटर  फ्याँकेर किसानले विरोध जनाउनु भएको छ ।
नगर प्रमुखलाई आफ्नो समस्याबारेमा जानकारी गराउन खोज्दा नगर प्रमुख धिरज शर्मा बस्यालले समयम नदिएपछि किसानले उनको कार्यकक्षमा समेत टमाटर फ्याँकिएको स्थानीय कृषक सन्त बहादुर चौधरीले बताउनु भयो  । ‘कमिसन आउने र आफ्ना कार्यकर्तालाई काम दिने योजनामा मात्र बढी जोड दिने, किसानको फसलले मूल्य नपाएको नदेख्ने जनप्रतिनिधि के काम ?’चौधरीले भन्नु भयो, ‘किसानलाई समय नदिने नगर प्रमुखको विरोधमा कार्यकक्षमा टमाटर फ्याँकेर विरोध जनाएका हौं ।’
यता बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा बस्यालले भने बजारीकरणका लागि नगरपालिकाले पहल गर्न सक्ने अवस्था रहदा रहदै पनि विना जानकारी किसानहरुलाई उल्काएर किसान माथि राजनिति गरेको बताउनु भएको छ । उहांले किसानहरुको आन्दोलनमा वडाध्यक्ष स्वयमले प्रत्यक्षरुपमा आन्दोलनको अगुवाई गर्नु जायज नभएको समेत बताउनु भएको छ ।
विरोध पछि किसानहरुले ९ सदस्य वार्ता टोली गठन गरेर नगर उप प्रमुख माया देवि पौडेललाई नामावली बुझाएका छन् ।