हरैया माध्यमिक बिधालयको ५४ औं बार्षिक उत्सब,गुणस्तरियताको मापन अंकमा नभई असल र सभ्य गुणको आधारमा हुनुपर्नेमा जोड

प्रकाशित मिति:

४ फागुन,कञ्चन- अवको शिक्षा अंकको आधारमा नभई असल र सभ्य नागरिकमा हुनु पर्ने गुण र दोषको आधारमा शैक्षिक गुणस्तरको मापन हुनु पर्नेमा हरैया माध्यमिक बिधालय,कञ्चन- ३,रुपन्देहीको ५४ औं बार्षिक उत्सब तथा अभिभावक दिवसको अवसरमा बोल्ने बक्ताहरुको जोड रहेको छ।

बिधालयको बार्षिक उत्सब तथा अभिभावक दिवसमा सहभागी बिधार्थी,अभिभावक तथा शिक्षक कर्मचारीहरुलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेश सभा सदस्य तथा रुपन्देही क्षेत्र नं।५ क का सभासद भुमिश्वर ढकालले शिक्षा बिना कुनै पनि समाजको परिबर्तन नहुने र समाजको आवस्यकता अनुसार आफुलाई परिबर्तन उन्मुख बन्नको लागि शिक्षा अती महत्वपुर्ण रहेको उल्लेख गरेका छन। अवको शैक्षिक गुणस्तरियता अंकमा नभई असल नागरिकमा हुनुपर्ने गुण र दोषको आधारमा मुल्यांकन हुनु पर्ने सभासद ढकालले बताएका छन।सभासद ढकालले भने शिक्षा कुनै देबी देवतालाई भाकेर वा पुजा गरेर होइन कडा मेहनत र बिषयबस्तुलाई अर्जुनदृष्टि लगाउन सकेमात्र समाज र देशका लागि योग्य ब्यक्ती उत्पादन हुन सकिने बताए।
यसैगरी कञ्चन गाउपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले कञ्चनको गुणस्तरिय शिक्षाको बिकासका लागि बिधार्थी,अभिभावक र शिक्षक बिचको सम्बन्धलाई बलियो बनाउनु पर्ने बताएका छन। अध्यक्ष क्षेत्रीले भने समृद्ध कञ्चन,खुशी कञ्चनवासीको आधार शिक्षा पनि महत्वपुर्ण क्षेत्र भएकोले कञ्चनको शैक्षिक गुणस्तर बनाउन बिधालय- बिधालय बिचको स्वच्छ प्रतिस्पर्धा हुनुपर्ने आवस्यकतामाजोड दिए।

प्याब्सन रुपन्देहीका अध्यक्ष लेखनाथ पौडेलले बिधार्थीको शैक्षिक सफलता अंकमा होइन उसको सुसंस्कृत बानी व्यवहार र असल नागरिकमा हुनुपर्ने गुणहरुको बिकास गर्यो गरेन भन्नेबारे छलफलको आवस्यकतामा औलाए।
बिधालयका प्रधानाध्यापक मेघनाथ शर्माले बिधालयको बार्षिक तथा शैक्षिक प्रगति प्रतिबेदन प्रस्तुत भएको बार्षिक उत्सब तथा अभिभावक दिबसको अवसरमा मुन्सी प्रसाद भर,दिनानाथ आचार्य,हरिकला थापा,पुष्पराज शर्मा लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेको कार्यक्रममा बिधालयको शैक्षिक,आर्थिक,भौतिक,नैतिक रुपमा सहयोग र सल्लाह दिदै आएका अभिभाकहरु दुर्गा प्रसाद ढकाल,लक्ष्मी नेपाली,शोभा न्यौपाने,बाबुराम पौडेल लगायतलाई सम्मान गरिएको थियो। कक्षा ९ बाटप्राबिधिक तर्फ कम्प्युटर ईन्जिनियरिङ्ग अध्यापन हुने बिधालयमा १ हजार ८८ जना बिधार्थीहरुले अध्ययनरत रहेका छन।

यसैगरी कार्यक्रममा जेहेन्दार,बिपन्न तथा दलित छात्र-छात्राहरुलाई हरिकला थापा,तिलकचन थापा,ठाकुमार जैसी,लाल बहादुर हमाल,प्रदीप कुमार चौधरी र मन बहादुर रोकाद्वारा संयुक्त रुपमा स्थापना गरिएको अक्षयकोषबाट छात्रबृत्ति समेत प्रदान गरिएको थियो। बिधालय व्यबस्थापन समितिका अध्यक्ष शेर बहादुर रानाको अध्यक्षता तथा शिक्षक लिलाधार पौडेलको स्वागत र शिक्षक तुल बहादुर थापाको संचालनमा सम्पन्न कार्यक्रममा बिधालयका छात्र(छात्राहरुद्वारा सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए।