शान्ति तिवारी
बर्दघाट,
फागुन–४
नवलपरासीको बर्दघाटमा रहेको चिसापानी अस्पतालबाट पनि
कोरोना भाईरस कोभिड १९ विरुद्धको दोस्रो चरणको खोप अभियानको खोप लगाउन सुरु गरिएको छ । मंगलबार करिब ११.३०मा बर्दघाट नगरपालिकाका मेयर धिरज शर्मा बस्यालले पहिलो खोप लगाएर सेवा शुरु गरीएको थिय। बस्यालले खोप लगाएसंगै सुस्ता गाउपालिकाका अध्यक्ष राम प्रसाद पाण्डेले दोस्रो खोप लगाउनु भएको थियो ।
नवलपरासीको जिल्ला अस्पताल पृथ्वीचन्द्र अस्पताल परासीवाट मात्र कोभिड १९ विरुद्धको खोप लगाउन खोपकेन्द्र रहेकोमा चिसापनीमा खोप केन्द्र थप गरिएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख कृष्ण प्रसाद पोखरेलले बताउनु भएको छ ।पायक पर्ने स्थानमा पुगेर खोप लगाउन सबैलाई सहज होस भन्ने हेतुले मंगलबार देखि चिसापनी अस्पतालमा खोप केन्द्र थप गरिएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख पोखरेलले बताउनु भयो।
जिल्लामा हालसम्म १ हजार १ सय ८९ जनालाई कोरोना विरुद्धको खोप लगाईएको पोखरेलले जानकारी दिनुभयो । दोस्रो चरणमा जिल्लाका सरकारी कार्यालयका कर्मचारी, स्थानिय तहका कर्मचारी, जनप्रतिनिधि, पत्रकार सहित ३ हजार ३४ जनालाई खोप लगाउने लक्ष्य राखिएको पोखरेलले बताउनुभयो ।