ज्योती भबिश्वर बहुमुखी क्याम्पसको भवन निमार्णको शिलन्यास , असार मशान्त सम्म सम्पन्न गरिने

प्रकाशित मिति:

ज्योती भबिश्वर बहुमुखी क्याम्पसको भवन निमार्णको शिलन्यास गरिएको छ । शितगंगा नगरपालिकाको एक मात्र क्याम्पसको रुपमा रहेको स्नातक तहको क्याम्पस गत बर्ष निमार्ण गर्ने भनिए पनि कोभिडको कारणले काम हुन नसक्दा बजेट फ्रिज भए पछि बिरोध हुँदै आएकोमा यो बर्ष भने क्याम्पस भवन निर्माण हुने भए पछि शिक्षाप्रमीहरु खुशी भएका छन ।
भवनको शिलन्यास गर्दै लुम्बिनी प्रदेशका प्रदेशसभाका सदस्य जाल्पा भुसालले गत बर्ष समेत निकै मेहनतका साथ बजेट पारे पनि काम नहुँदा थप बजेट ल्याउन नसकेको बताउनु भयो गत बर्ष रकम फ्रीज हुँदा काम गर्न नसकेको आरोप लाग्ने गरेकोले यो बर्ष सबै जिम्मेबार भएर काम सम्पन्न गर्न अनुरोध गर्नु भयो । अर्घाखाँची जिल्लाको पनि दक्षिण खाँची पहिले देखिनै पछाडी पारिने गरेकोले पनि बजेटको सहि समयमा सदपयोग गर्न अनुरोध गर्नु भयो । शिक्षा लगायत बिकासका काममा समेत यो क्षेत्र पछि पर्दै आएकोमा यो क्षेत्रको सांसदको रुपमा निर्बाचित गरेकोले पनि आफु यस क्षेत्रको बिकासमा सधै तत्पर रहेको भुसालले बताउनु भयो ।

यस्तै शिलन्यास कार्यक्रममा सबोंधन गर्दै शितगंगा नगरपालिकाका नगर प्रमुख शुर्य प्रसाद अधिकारीले शितगंगा नगरपालिकामा जनप्रतिनिधीको रुपमा प्रबेस गरे सँगै नगरको प्रमुख ५ गगुरु योजना तयार भएको बताउनु भयो । नगरपालिकाको सडक योजना , सडक गुरु योजना पर्यटन गुरु योजना तथा एक घर एक धाराको गुरु योजना तयार भएकोले छिटै कार्यको शुभारम्भ गरिने बताउनु भयो । शितगंगा नगरपालिका सहित भुमिकास्थान नगरपालिका, पाणेनी गाँउपालिका ,प्युठान र कपिलबस्तुका केही क्षेत्रका बिद्याथीहरुका लागि समेत नजिक रहेको क्याम्पस निर्माणको लागि यस क्षेत्रका प्रदेश सभा सदस्य जाल्पा भुसालले प्रतिवद्धता गरे अनुसारको रकम प्रदेश सांसद भुसालले ब्यवस्थापन गर्नु भएको हो । गत बर्ष कोभिडका कारण काम रोकिए पछि शितगंगा नगरपालिका तथा क्याम्पसको पहल पछि गत बर्ष फ्रीज भए पछिको रकम स र्सत मार्फत लुम्बिनी प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयको ५० लाख र यो बर्ष सामाजिक बिकास मन्त्रालयबाट १० लाख गरि ६० लाखको लागतमा स्नातक तहको क्याम्पस भवन निमार्ण हुन लागेको

भवन निर्माणका लागि क्याम्पस अध्यक्ष कुमार केशब बेल्बासेको अध्यक्षतामा निर्माण उपभोत्ता समितिको निमार्ण भएको र असार मसान्त सम्म निर्माण सक्ने लक्ष्य अनुसार कामलाई प्राथमिकता दिइएको छ गत बर्ष कोभिडका कारण र बजेट फ्रिज हुदा काम अगाडि नबढेको र अब सोहि बजेट को सदुपयोग गरि असार मसान्त सम्म निर्माण सक्ने लक्ष्य अनुसार कामलाई प्राथमिकता दिइएको कुमार केशब बेल्बासे ले बताउनु भयो यस्तै नेकपाका नेता मणिराम अधिकारीले धार्मिक महोत्सवमा सकंलन भएको रकम सहि सदुपयोग गरि भवन निर्माण को काम मा लगाउनु पर्ने बताउनु भयो ।
यस्तै वडा नम्बर ३ का वडा अध्यक्ष हेमनाथ भुसालले वडा नम्बर ३मै नगरकै प्रमुख क्याम्प कन्न लागेकोमा खुशी ब्यक्त गर्दै भवन निर्माणमा वडा बाट समेत सहयोग गर्ने प्रतिवद्घता ब्यक्त गर्दै नगरपालिकामा समेत बजेटको लागि पहल गर्ने बताउनु भयो ।

आफ्नै भवन नहुँदा पठनपाठनमा समेत अप्ठेरो हुने गरेकोमा क्याम्पस भवन बने पछि बिद्यार्थी को सख्यामा समेत वृद्धि हुने आकांक्षा रहेको क्याम्पस प्रमुख बिष्णु प्रसाद भट्टराइले बताउनु भयो । २०६९ सालमा अनुमति प्राप्त गरेको ज्योती बहुमुखी क्याम्पसमा अहिले एक सय बढी बिद्यार्थी अध्यनरत रहेका छन भने शिक्षाशास्त्र संकाय र ब्यवस्थापन संकायमा स्नातक तहको अध्यापन हुने गरेको छ । कार्यक्रमा नगर उपप्रमुख टिका रेश्मी , शितगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेम बिसी , शितगंगा नगरपालिका का शिक्षा शाखा प्रमुख नागेन्द्र नेपाल ,काग्रेश प्रतिनिधि चन्द्रमणि बेल्कासे, माले जिल्ला सचिव केदार बेल्बासे, जग्गादाता , राजनितिक दलका प्रमुख तथा प्रतिनिधि, वडा अध्यक्षहरु , बिधालयका शिक्षक तथा प्रधानध्यापकहरु लगायतको उपस्थीति रहेको थियो कार्यक्रममा स्वागत मन्तब्य कासीराम आचार्य र कार्यक्रमको संचालन क्याम्पस प्रमुख बिस्णु प्रसाद भट्टराईले गर्नु भएको थियो