कोभिड विरुद्धको खोप बारे जनचेतनाजगाउन जरुरी : महामन्त्री पाण्डेय

प्रकाशित मिति:

काठमाडौं– नेपाल विद्यार्थी संघका महामन्त्री युवराज पाण्डेयले कोभिड–१९ विरुद्धको खोप आइसके पछि पनियसलाई लगाउने कुरामा अझै त्रास देखिएकोले त्यो भ्रमलाई चिर्न नागरिकमा सचेतनाअभियानचलाउनआवश्यक रहेको बताएकाछन् । मंगलबार काठमाडौंमा आयोजित ‘कोभिड सिल्ड लगाउँ, कोरोनाभगाउँ’भन्ने अभियान सहित सचेतना मुलक मास्क वितरण कार्यक्रममा बोल्दै महामन्त्री पाण्डेयले सो कुरा बताएकाहुन् ।

विभिन्न साइड इफेक्टले गर्दा अफ्ठ्यारोमा परिन्छ किकोरोनालाई सामनागर्न सकिन्नकिभन्ने डर र भयबाट मुक्तभएर आमनागरिकले खोप लगाउने वातावरण बन्नुपर्छ’ उनले भने, ‘सरकारले पनि सर्व साधारणको पहुँचमापुग्ने गरि सिघ्र खोप व्यवस्थापनको लागिपहलगर्न जरुरी छ ।’ अहिले पनि सयौंको संख्यामा दैनिक रुपमा संक्रमितभइरहेको अवस्थामाप्रत्येक नेपालीयसको पहुँचमाजान सके कोभिड नियन्त्रणमा आउने उनले बताए । उनले भने, ‘अझै पनि दुरदराजमा यस सम्बन्धी चेतनापनिपुग्न सकेको छैन र खोप पुग्न सक्ने अवस्थाझनै छैन, जनतालाई स्वास्थ्यप्रति सचेत बनाउन सबैको भूमिका महत्वपूर्ण रहन्छ ।’

कोभिड खोपको बारेमा गलत धारणा बाहिर आइरहेको बेला विद्यार्थी नेता अरुण जनाला र बासुदेव न्यौपानेको पहलमा स्वयम सेवी समूहले सचेतना मुलक मास्क वितरण कार्यक्रम गरेको हो । उक्त समूहले सुन्धारा देखी रत्नपार्क क्षेत्रमा पाँचह जार मास्कवितरण गरेको थियो । कार्यक्रममा तपेन खड्का, लक्ष्मण भट्टराई, सुनिल शर्मा, चेतमान तिरुवा, अस्मिता गोदार, आदित्य काफ्ले लगायतका स्वयम सेवकको सहभागिता थियो ।