राष्ट्रिय कर दिवसको अवसरमा आज देशभरका प्रमुख शहरहरुमा बिहान प्रभातफेरी गरियो

प्रकाशित मिति:

राष्ट्रिय कर दिवसको अवसरमा आज देशभरका प्रमुख शहरहरुमा बिहान प्रभातफेरी निकालिएको छ । २०५४ मङ्सिर १ गते मुल्य अभिवृद्धि कर भ्याट लागु भएको दिनको सम्झनामा प्रत्येक बर्ष मङ्सिर १ गते राष्ट्रिय कर दिवसका रुपमा मनाउन लागिएको हो । यस पटकको कर दिवस सातौ हो । सातौँ राष्ट्रिय कर दिवसमा कर स् समृद्ध नेपाल, सुखी नेपालीको भर नारा तय गरिएको छ ।काठमाण्डौ बुटवल, भैरहवा, कृष्णनगर, नेपालगञ्ज लगायतका आन्तरीक राजश्व कार्यालय भएका शहरहरुमा आज बिहान प्रभातफेरी निकालिएको हो । राजश्व स्रोतको प्रभावकारी परिचालन गदै आर्थिक वृद्धि गर्न राज्यका सबै संरचनाहरुको परिचालन गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।