नगद सहित जुवाडे पक्राउ

प्रकाशित मिति:

मंसिर, १ । काठमाडौंको लाजिम्पाटमा जुवा खेलिरहेकाहरू १ लाख ३७ हजार ७ सय २० रुपैयाँसहित ४ जना जुवाडे पक्राउ परेका छन् । पक्राउ पर्नेमा राजु भट्टचन, हरि श्रेष्ठ, यादव रायमाझी र दावा शेर्पा रहेको प्रहरीले जनाएको छ ।

लाजिम्पाट क्षेत्रको पण्डोल मार्गबाट जुवातास खेलिरहेको भन्ने खबर पाएपछि वृतका इन्सपेक्टर फल बहादुर तामाङको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

लुकेर तास खेलिरहेका उनीहरुको साथबाट नगदसहित ५ बुक तास र सो खेलमा प्रयोग गरेका अन्य सामाग्री बरामद गरिएको महानगरीय प्रहरी वृत, दरबारमार्गले जनाएको छ । उनीहरुलाई जुवा ऐन अन्तर्गतको कसुर अपराधमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।