नेपाली कांग्रेस गुल्मी-काठमाडौं सम्पर्क समितीद्वारा श्रद्धाञ्जली सभा सम्पन्न

प्रकाशित मिति:

सबलपोस्ट/बुटवल – नेपालको प्रजातान्त्रिक आन्दोलनमा जीवन्त इतिहास रच्नुभएका आदरणिय नेता एबम नेपाली कांग्रेस गुल्मीका संस्थापक सभापती एबम पुर्व सांसद स्व . भागवत ज्ञवालीकी ममतामय माता एबम गुल्मीको ईतिहासमा छुट्टै नाम रच्न सफल अभिभाबक दुर्गादेवी ज्ञवालीको मिती २०७७ माघ २३ गते ९७ बर्षको उमेरमा र उहाँकी सहधर्मिणी जीवनसंगिनी सालीन र शौभ्य स्वभाबकी धनी विश्वेश्वरी ज्ञवालीको मिती २०७७ माघ २७ गते ७४ बर्षको उमेरमा असमायिक एबम अकल्पनिय निधन भएको दु:खद समयमा नेपाली कांग्रेस गुल्मी- काठमाडौं संपर्क समितीद्वारा उहाँको निवास कपिलबस्तु स्थित बाणगंगा नगरपालिका वडा नम्बर २ बैजलापुर कपिलबस्तुमा पुगी उहाँको परिवार जनमा समबेदना एबम दिवंगत आत्माप्रती भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ ।

नेपाली कांग्रेस गुल्मी काठमाडौं सम्पर्क समितीका कार्यबाहक सभापति कृष्ण प्रसाद खरेलको नेत्रुत्वमा संपर्क समिती श्रद्धाञ्जली अर्पण गर्न उहाकै निवासमा पुगेको थियो । स्वर्गिय नेता भागवत ज्ञवालीले नेपालको प्रजातान्त्रिक आन्दोलनमा देखाएको उत्पेरणा एबम पञ्चायती निरंकुशताकाकाल पनि संघर्षमा दिएको योगदानको तारिफ समेत संपर्क समितिले गरेको थियो ।

गुल्मीका धरोहर एबम अभिभावक समेत रहनुभएका स्व भागवत ज्ञवालीको निधन भए संगै पार्टीपंतीमा उहाँको प्रभाव , कुशल कार्यक्षमता संगै उहाले अबिचलित चलाऊनुभएको सिंगो संगठन नै भावब्विहोल एबम मर्मामित भएको अवस्थामा पुन एकसाथ माता र धर्मपत्नीको निधन भएसंगै बहकिने ठाउँ र स्थानकै कमी भएको महशुस सिंगो गुल्मी कांग्रेस र शुभेच्छुक सम्पर्क समितीले गरेको कार्यवाहक सभापती कृष्ण प्रसाद खरेलले बताउनुभयो ।

श्रद्धाञ्जली सभामा गुल्मी-काठमाडौं सम्पर्क समितीका सभापति कार्यवाहक कृष्ण प्रसाद खरेल , नेपाली कांग्रेस गुल्मीका अभिभाबक एबम कर्मनिष्ठ नेता रवी ज्ञवाली , संपर्क समितीका सदस्य रबिन्द्र घिमिरे , सुर्य के.सी ,बिमल खरेल , नेपाली कांग्रेसका नेता राजेन्द्र घिमिरे लगायतको उपस्थिती समेत रहेको थियो ।