स्याङ्जाको गल्याङ नगरपालिकामा प्रविधिको उपयोग र साइबरक्राइम सम्बन्धी सचेतना तालिम सम्पन्न

प्रकाशित मिति:

स्याङ्जाः पछिल्लो समय देशभित्र हुने अ’पराधमध्ये साइवर क्राइम तीव्र रुपमा वृद्धि भएको सरकारी तथ्याङले देखाएको छ । सूचना र प्रविधिको बढ्दो प्रयोगसँगै अप’राधमा पनि बढेको पाइएको छ । विद्युतीय कारोबार ऐन–२०६३ साइवरमा के गर्न हुन्छ वा हुदैन भन्ने प्रस्ट लेखिएको छ । ऐनमा गर्न नमिल्ने भनि उल्लेख भएका गतिविधि गरे साइबर अ’पराध मानिन्छ ।स्याङ्जाको गल्याङ नगरपालिका वडा न।४ कालिका माबिमा प्रबिधिको उपयोग र साइबर क्राइम सम्बन्धी सचेतना तालिम सप्पन्न भएको छ ।

प्रबिधिको उपयोग र साइबर क्राइम सम्बन्धि १ दिने सचेतना तालिम सफलता पूर्वक सम्पन्न गरीएको यस कार्यक्रमका हो ।इन्टरनेटको प्रयोगमार्फत् गरिने चरित्र ह’त्या, हिं’सा फैलाउने कार्य, यौ’नजन्य हिं’सा, इन्टरनेट धोकाधडी, अर्काका पहिचान अनाधिकृत रुपमा प्रयोग, क्रेडिट कार्ड तथा अकाउन्टआदिको चो’री गरी गरिने बैकिङ कसुर, अर्काको कम्प्युटर, विद्युतीय उपकरण तथा नेटवर्ककमा पुर्याउने क्ष’तिलगायत अवैधानिक कार्यलाई पनि साइबर क्राइम भनिएको छ ।कालिका माबिका बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष ढाकाराम न्यौपानेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै गल्याङ जेसिजले स्थापनाको ३ वर्ष नपुग्दै समाजका युबाहरुका मन मनमा बस्न सफल भएको भन्दै सचेतना मुलक तालिमले बिद्यार्थीहरुको नकारात्मक सोचाइ सकारात्मक तर्फ जाने बताए ।

लिभिङ अराउड टेक्नोलोजी काठमाडौको सहजीकरण र गल्याङ जेसिजको आयोजनामा आयोजित तालिमपछि बोल्ने बक्ताहरुले तालिमबाट प्रबिधिको समुचित प्रयोग गर्नुपर्ने कुरामा जोड दिएका थिए । पछिल्लो समय फेसबुक फेकआइडी, यूटुब अपलोड, म्यासेन्जर, भाइबर, ह्वाट्स एप, ईस्ट्राग्राम, ईमो, ट्वीटर जस्ता सामाजिक सञ्जालमा हिं’सा’त्मक र अ’श्ली’ल सामग्री राख्ने मात्र नभई ध’म्की दिने, गा’लीगलौ’च गर्ने र च’रित्रह’त्या गर्ने सम्मका हर्कत बढेको प्रति चिन्तित बनेका छन् ।