२५ अंकले बढेर नेप्सेले फेरी बनायो नयाँ रेकर्ड

प्रकाशित मिति:

साताको अन्तिम कारोबार दिन बिहीबार बैंकिङ्ग समूहमा लगानीकर्ताको आकर्षण बढ्दा नेप्से सूचकले नयाँ रेकर्ड कायम गरेको छ। पछिल्लो केहि दिन यता नयाँ रेकर्ड बनाउदै आएको नेप्से सूचकले विहीबार पनि २५ अंकले बढेर नयाँ रेकर्ड कायम गरेको हो। यस दिन नेप्से सूचक २५।२३ अंकले बढेर २६३६।६८ विन्दुमा पुगेको छ भने सेन्सेटिभ इन्डेक्स पनि ६।७७ प्रतिशतले बढेर ४१८।७८ विन्दुमा पुगेको छ।

बिहीबार कारोबार रकम पनि झण्डै ९ अर्ब नजिक पुगेको छ। बिहीबार २०६ वटा कम्पनीको १ करोड ९६ लाख कित्ता शेयर ८ अर्ब ७६ करोड २१ लाख रुपैयाँमा खरिद बिक्री भएको छ। बिहीबार नेपाल इन्फ्रास्टक्चर बैंकको शेयरमूल्यमा सकारात्मक सर्किट लाग्दा अन्य उपसमूहको सूचक सबैभन्दा धेरै २: ६ प्रतिशतले बढेको छ भने विकास बैंक उपसमूहको सूचक पनि २: ४५ प्रतिशत र बैंकिङ्ग उपसमूहको सूचक १।२२ प्रतिशतले बढेको छ।