भारतमा मुद्दा खेपि रहेका २४ जना नेपालीहरुको लागी न्यायको माग गर्दै भोली भैरहवामा शान्तीपूर्ण र्याली गरिने

प्रकाशित मिति:

भारतमा अनाहकमा मुद्दा खेपि रहेका २४ जना नेपालीहरुको लागी न्यायको माग गर्दै भोली भैरहवामा शान्तीपूर्ण र्याली गरिदै छ ।पूर्णब्रहम कबीर उपासक समाज नेपालले भारतको हरियाण राज्यमा हिसारमा नेपालीहरुले दुःख पाएको बताएका छन । शनिबार भैरहवामा पत्रकार सम्मेलनको आयोजना गर्दै उनिहरुको मुद्दा फिर्ता लिन दबाब स्वरुप भैरहवामा र्यालीको आयोजनाको साथै प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको बताए ।संत रामपालको अनुयायी रहेको नेपालीहरु हिसारको सतलोक आश्रममा सत्संग गर्न गएको समय झुठो मुद्दामा परेको समाजका उपाध्यक्ष केशव प्रसाद मैनालीले बताए ।
उनले तत्कालीन समयमा हरियाण प्रहरीले नेपाली लगायत करिब ९ सय भक्तहरुलाई पक्राउ गरि अमानविय यातना दिएको आरोप लगाएका छन् । सन २०१४ मा सत्संगको क्रममा भागदौड हुदा सत्संगमा आएका केही भक्तहरुको मृत्यु भएको थियो । उनिहरुको हत्या आरोपमा अहिले २४ जना नेपालीले पनि मुद्दा खेपिरहेको समाजको आरोप छ ।केही अपराध नै नगरि मुद्दा खेपि रहेका नेपालीलाई भारतको अदालतले जनही १ लाख रुपैया धरौटीमा तारेखमा छोडेको उनले बताए । अहिले पनि नेपालीहरु आफु निर्दोष रहेको बताउदै तारेखको लागी धाउदा समेत नेपालले केही पहल नगरेको समाजका सदस्य तिर्थ कार्कीले बताए । उनले पटक पटक नेपालका उच्च ओहोदाका कर्मचारी साथै राजिनितिकर्मिहरुको ध्यानाकर्षण गर्दा पनि त्यस तर्फ कसैको हल नभएको बताए ।सरकारलाई नेपालीहरुको अवश्थाबारे जानकारी दिन तथा उनिहरुको मुद्दा फिर्ता गराउने प्रक्रियाको लागी ध्यानाकर्ष गराउन नेपालको पोखरा, भैरहवा र जनकपुरमा एकै पटक शान्तीपूर्ण प्रर्दशनको तयारी गरिएको कार्कीले जनाए ।