औषधि व्यवसायी संघ लुम्विनी प्रदेशको पदस्थापन सम्पन्न

प्रकाशित मिति:

नेपाल औषधि व्यवसायी संघ लुम्विनी प्रदेशको नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन तथा प्रथम बैठक सम्पन्न भएको छ । कार्यक्रममा बोल्ने बक्ताहरुले औषधि ब्यवसायीहरुप्रति समाजको दृष्टिकोण बदल्ने गरि योजना बनाएर अघि बढ्न सुझाव दिएका छन । केन्द्रिय कार्यसमितिका निवर्तमान अध्यक्ष बाबुराम भट्टराईले संघको लुम्विनी प्रदेशका नव निर्वाचित अध्यक्ष शिव ज्ञवालीलाई सस्थाको माइन्युट हस्तान्तरण गर्दै कार्यक्रमको उद्घाटन गरेका थिए । ब्यवसायिक हकहितसंगै सामाजिक कार्यमा संघ निरन्तर लाग्न समेत उनले सुझाव दिए । कार्यक्रममा संघको लुम्बिनी प्रदेशका नवनिर्वाचित अध्यक्ष शिव ज्ञवालीले औषधि व्यवसायलाई व्यवसायी मैत्री र जनउत्तरदायी बनाउन अग्रसर रहने प्रतिवद्घता जनाए ।

धेरै तयारी र योजनापछि प्रदेश गठन भएर मुर्त रुप लिएको भन्दै प्रदेशका काम अब निरन्तर अगाडि बढाउने उनले बताए । कार्यक्रममा संघका रुपन्देही शाखा अध्यक्ष सुरज भट्टराईलाई प्रदेश अधिवेशन सम्पन्न गर्न योगदान पुर्याएवापत सम्मान गरिएको थियो । कार्यक्रममा प्रदेशका महासचिव लुकराज न्यौपाने पूर्व लुम्विनी अञ्चल अध्यक्ष रोहितराज क्षेत्री, सुनिल श्रेष्ठ, रामप्रसाद खरेल, राजेन्द्र श्रेष्ठ, अभय कुमार बस्नेतले नवनिर्वाचित पदाधिकारीहरु सफल कार्यकालको शुभकामना दिएका थिए।