प्रधानमन्त्री को गल्तीमा राष्ट्रपति ले साथ दिँदा संविधान र संघीयता खतरामा परयो : यादव

प्रकाशित मिति:

पूर्वराष्ट्रपति डा रामवरण यादवले प्रधानमन्त्री केपी शर्मा ओलीको गल्तीमा राष्ट्रपति विद्यादेवी भण्डारीले साथ दिँदा संविधान र संघीयता खतरामा परेको बताएका छन्। शुक्रबार जनकपुरमा ‘समाजवाद र बीपी कोइराला’ र ‘बीपी विचारसंग्रह’को लोकार्पण गर्दै पूर्वराष्ट्रपति डा।यादवले संविधान रक्षा गर्ने राष्ट्रपतिकै कारण समस्या भएको बताएका हुन्।  प्रधानमन्त्री ओलीले सत्ताको उन्मादमा संविधानको धारा नै उल्लेख नगरी संसद् विघटन गरेको उनको भनाइ थियो। प्रधानमन्त्रीको गल्तीमा राष्ट्रपति कार्यालयले साथ दिँदा संविधान र संघीयता खतरामा परेको छ, पूर्वराष्ट्रपति डा।यादवले भने। प्रतिनिधिसभा विघटन गराउँदा राष्ट्रपति समय नलिएको उनको भनाइ थियो। ‘संसद् विघटन गर्नुअघि राष्ट्रपतिले विपक्षी दल र विज्ञसँग सल्लाह लिनुपर्थ्यो,’ उनले भने।